
ललितपुर: किरात याक्थुङ चुम्लुङ ललितपुरको १० औं जिल्ला अधिवेसन नयाँ कार्य समिति बनाउँनदै बिहिबार सम्पन्न भएको छ ।
अधिवेसनले शुभराज थाम्सुहाङको अध्यक्षतामा २७ नयाँ कार्य समिति बनाएको छ ।
कार्य समितिको उपाध्यक्षमा आशा नेम्बाश्ङ र कृष्णराज नेम्बाङ रहेका छन् । सचिव खड्ग नुगो र कोषाध्यक्षमा गंगाकुमारी लिबाङलाई निर्वाचित गरेको छ ।
नयाँ कार्य समितिको सह सचिवमा बीरेन्द्र पालुङ्वा र सुम्निमा यक्सो छनौट भएका छन् । सदस्यहरुमा देउमान लुम्फुङवा, लालबहादुर हुक्पा चोङ्बाङ, निर्मला आङबुङ, डम्बर तम्रोक, ईन्दिरा चेम्जोङ, बिष्णु सिंगक, लक्ष्मी पन्धाक, हितराज चोङबाङ, जुनिता नेम्बाङ, रणदिप लिम्बू, दधी पन्धाक, भगिश्वर दिलिप लुम्फुङ्वा, पुनम बखिम, मोहन चेम्जोङ, योगेश लोक्ताम, विद्या केरुङ, प्रभा सुहाङ, गीता कुरुम्बाङ, एञ्जिला थाम्सुहाङ र देबराज थाम्सुहाङ चयन भएका छन् ।
अधिवेसनमा कियाचु संघीय अध्यक्ष प्रेम येक्तेनसँगै संघीय पदाधिकारी सल्लाहकार लगायतको उपस्थीति रहेको थियो ।

219 पटक हेरिएको 











