
काठमाण्डौं: अन्तर धार्मिक गोलमेच सम्मेलनले राष्ट्रीय जनवार एकसिङ्गे गैडालाई बनाउँनु पर्ने माग गरेको छ ।
८ बुँदे घोषणा पत्र जारी गर्दै आइतबार सकिएको सम्मेलनले सबै धार्मिक आस्थाको प्रतिनीधित्व गराउँदै राष्ट्रीय जनवारको रुपमा ‘गाई’को सट्टा ‘एकसिङ्गे गैडा’ राख्नु पर्छ भनेको छ ।
घोषणा पत्रमा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसास्कृतिक राष्ट्र भएकोले संविधान संशोधन मार्फत धर्म निरपेक्ष समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने उल्लेख छ ।
सबै धर्मदर्शन र इतिहासलाई समेटेर प्रत्येक धर्मको आआफ्नै विश्वविश्यालय स्थापना गरिनुपर्ने । सकारात्क विभेदको सिद्धान्तको आधारमा पछाडि पारिएका अल्पसंख्यक धार्मकि समुदायलाई विकासको मुलधारमा समाहित गरिनुपर्ने माग लगायतको विषय घोषणा पत्रमा समेटिएको छ ।
घोषणा पत्र :


126 पटक हेरिएको 














