इलाममा १० दिने निशुल्क केलाङ प्रशिक्षण शुरु


सेवारो खबर  269 पटक हेरिएको

इलाम: सेक्मुरी युवा क्लब इलामको आयोजनमा १० दिने केलाङ प्रशिक्षण शनिबार शुरु भएको छ । प्रशिक्षण क्लबका अध्यक्ष दुर्गा थेगिमको अध्यक्षतामा शुरु भएको हो ।

मंसिर ८ गतेसम्म सञ्चालन हुँने प्रशिक्षणमा निशुल्क सहभागी हुन पाइने युवा क्लबका सल्लाहकार शुसिल मोरोहाङले जानकारी गराए ।

मौलिक लिम्बू संस्कृतिको संरक्षणसँगै पुस्ता हस्तान्तरणमा सहयोग गर्ने उद्देश्यले केलाङ प्रशिक्षण गराउँन लागेको क्लबका अध्यक्ष दुर्गा थेगिमले जानकारी गराए । उनका अनुसार प्रशिक्षणमा इच्छुक जो कोहीले सहभागी भई सिक्ने सकिने छ ।

प्रशिक्षणमा स्थानीय प्रशिक्षक व्यवस्थापन नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न ३० हजार बढी खर्च हुने भएकोले यसको लागि मनकारी सहयोगीले सहयोग गर्न समेत आग्रह गरिएको छ । यसका लागि दुर्गा थेगिम ९८१५०३०६६० र शुसिल मोरोहाङ ९८१४९५१४४ मा सम्पर्क गर्न सक्नु हुनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार