१५ बुँदे निर्णय सार्वजनिक गर्दै लिम्बू थरगत थुम समितिको बैठक यास:कमा सम्पन्न


सेवारो खबर  197 पटक हेरिएको

यास:क: लिम्बू थरगत (याक्थुङ सयङ) थुम समितिको पान्थर यास:कमा  भएको बैठकले १५ बुँदे निर्णय सार्वजनिक गरेको छ ।  शुक्रबार र शनिबार भएको बैठकको निर्णय आइतबार औपचारिक रुपमा सार्वजनिक गरिहएको हो ।

तत्कालिन दश थुम मध्ये ९ थुमका पदाधिकारीहरुको दुई दिन सम्म चलेको बैठकले आदिवासी जनजातिहरु लिम्बुको अधिकार सम्बन्धि बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनको कार्यन्वयनसँगै भूमि अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ ।

लिम्बू थरगत (याक्थुङ सयङ) सहजिकरण समूहका संयोजक नन्द कन्दङवाले हस्ताक्षर गरेको निर्णय सार्वजनिक गरिएको बुँदाहरुमा अन्तराष्ट्रिय श्रम संगठन १६९ र अनड्रिपमा भएको कानुनी प्रवधान बमोजिम संघ, प्रदेश र स्थानिय तहमा कानुन निर्माण र संशोधन गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेशलाई कार्यान्वयन गर्नुपर्ने छ ।

परम्परागत पुर्खौली भूमि अभिलेखिकरण गर्न अन्तराष्ट्रिय तथा राष्ट्रिय कानुन खाश गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ र १२ अनुसार लिम्बू याक्थुङ आदिवासीहरुको प्रत्येक थरबंशको परम्परागत प्रथाजनित भूमिलाई सामुहिक सामुदायिक सम्पत्तिको रुपमा सम्बन्धित नगरपालिका तथा गाउँपालिकाको वडामा अभिलेखिकरण प्रकृयालाई आउँदो चैत मसान्त भित्रमा गर्ने गराउँने ।

पूर्व सुसूचित स्वतन्त्र मञ्जुरीको अधिकारलाई कार्यान्वयन गराउँदै, तत्कालिन लिम्बुवान भित्र संस्कृतिकरण,  खस नेपालीकरण, अपभ्रंसित भएका स्थान नामलाई कम्तिमा १० वटा सच्याउँनु पर्ने । ३ सय २३ लिम्बु याक्थुहरुले प्रथाजनित संस्था २०८३ जेठ भित्रमा निर्माण गर्ने ।

९ वटा जैविक क्षेत्रलाई जैविक विविधता संरक्षण कुन्मिङ-मन्ट्रियल फ्रेमवर्क अनुसार आदिवासी परम्परागत क्षेत्रको रुपमा घोषणा गरिएकोमा ती परम्परागत क्षेत्रलाई संरक्षण गर्न संरचनाहरु निर्माण गर्न प्रकृया थाल्ने ।  साथै किपट बनहरुलाई सम्बन्धित थरबंश संरक्षक रहेको किपट वनको रुपमा स्थापित गर्नका लागि प्रकृयामा लाने कार्य अगाडि बनाउँने ।

लिम्बुहरुको भौतिक तथा अभौति सम्पतिको संरक्षण गर्दै मुन्धुमी स्थलहरुमा हाइड्रो परियोजना आदिवासी लिम्बू समुदायको स्वतन्त्र पूर्व सूचित मञ्जुरी बिना मुन्धुमी तथा सांस्कृतिक क्षेत्रलाई भत्काउने, प्रतिकुल प्रभाव पार्ने, क्षति गर्ने, बिस्थापन गर्ने, दु:ख दिने. जलविधुत परियोजनालाई संगठित रुपमा रोक्ने, प्रतिरोध गर्ने ।

याक्थुङ समुदायको भूमि बचाउँन संरक्षण गर्न समुदायको स्वायत्तता स्वशासन र आत्मनिर्णको अधिकार सहित स्वासार्वभौमिकतालाई अघि बढाउन लिम्बू ससद (थिबोङ याक्थुङ चुम्लुङ) २०८३ सालभित्र निर्माण गर्ने । लिम्बुहरुको समाधिस्थल अतिक्रम रोक्न समिति बनाएर अघि बड्ने । स्थानीय पालिकामा याक्थुङ मुन्धुम बमोजिमको पढन पाढन गराउँन ध्यानाकर्षण गराउँने लगायतको निर्णय सार्वजनिक गरेको गरेको छ ।

निर्णय पत्र:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार