पूर्व कुलपती काइला र रातोसले यस वर्षको पहिचान पुरस्कारको ‘पहिचान सम्मान’ पाउँने


सेवारो खबर  129 पटक हेरिएको

इलाम: पहिचान सम्मान साहित्यकार, मुन्धुविद् तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइलाले पाउँने भएको छ ।

पहिचान युवा सम्मान गणेश कुमार राई(गीलु रातोस)लाई दिने निर्णय गरेको पहिचान पुरस्कार कोषले जनाएको छ ।

काइँलालाई नगद पाँच लाख दुई हजार दुई रुपैयाँ र ताम्रपत्र दिइने निर्णय भएको कोषले जनाएको छ ।

पहिचान पुरस्कार कोषका संस्थापक नरेश काङमाङले पहिलो पहिचान युवा सम्मान गणेश कुमार राई (गीलु रातोस) लाई दिइने निर्णय भएको शनिबार जारी गरेको प्रेस बिज्ञप्तिमा जनाएको छ ।

राईले ५० हजार दुई सय दुई रुपैयाँ र ताम्रपत्र प्राप्त गर्नेछ ।

दुवै सम्मान पहिचानको आन्दोलन र लेखनमा पुर्‍याएको योगदानका आधारमा घोषित गरिएको हो ।

विज्ञप्ती:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार