
इलाम: जनप्रतिनीधि नागरिक प्रति जिम्मेवार र उत्तरदायी हुनुपर्ने इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् ।
७७ औं विश्व मानव अधिकार दिवसका अवसरमा मानव मधिकार मञ्च नेपाल इलामले जिल्लाको मानव अधिकारको स्थीतिको विषयको संवाद कार्यक्रममा नागरिकका आवाज सुन्ने जनप्रतिनीधि उपस्थीत नभएपछि जनप्रतिनीधि नागरिक प्रति गैर जिम्मेवार हुँदै गरको आक्रोस पोखे ।
कार्यक्रमका बक्ताले जनप्रतिनीधि नागरिकप्रति जिम्मेवार र उत्तरदायी हुनु सुझाए ।
अर्धबार्षिक रुपमा सञ्चानल हुँदै आएको यो संवाद कार्यक्रमका बक्ताले जनप्रतिनीधि नआउँनुलाई नागरिक प्रतिको गैर जिम्मेवारी भएको टिप्पणी गरे । उनिहरुले नागरिकको गुनासोसँगै आवाज सुन्ने ठाउँमा जनप्रतिनीधि उपस्थीत नहुँनु जनप्नतिनीधि नागरिक प्रतिको उत्तरदायी हुन नसकेको बताए ।
नेपाली कांग्रेसका प्रतिनीधि निरोज खड्गीले कार्यक्रममा नागरिकको आवाज सुनिदिने जिम्मेवार व्यक्ति नभएकोमा दु:ख व्यक्त गरे । उनले भने ‘हामीले गरेको कुरा कसले सुनिदिने यहाँ सुनिदिने जिम्मेवार व्यक्ति जनप्रतिनीधि नै छैनन । स्थानीय सरकारको जनप्रतिनीधि किन आएनन् ।’
‘जिल्लाको मुख्य राजमार्गको अवस्था अझै टुङ्गो लागेको छैन प्रतिनीधि खड्गीले भने अवस्था नाजुक बन्दै गएको छ । बर्खासम्ममा बाटो पुल बन्नेमा संका सिर्जना हुन थालेको छ । लागु पदार्थ सेवन गर्नेको संख्या बढ्दै गएको छ । समाजमा बिकृति हुर्किदै गएको छ ।’
नेकपा एमाले अध्यक्ष गणेश बरालले गैर राज्यबाट मानव अधिकारको उलंघन भइरहेको बताए । उनले भयरहित बातावरणमा जीवनयापन गर्न पाउँनु पर्नेमा जोड दिदै सम्मानित जीवन यापन गर्न पाउने वातावरण निर्माणमा सबै सरोकारवाला लाग्नुपर्ने बताए ।
इलाम नगरपालिका वडा नम्बर ५ का निवर्तमान वडा अध्यक्ष ठाकुरनारायण श्रेष्ठले नागरिकको आवाज सुन्ने महत्वपूर्ण कार्यक्रममा सरोकारवाला अनाउँनु दुखद विषय भएको बताए । उनले भने ‘नागरिकका आवाज सुनिदिने कोही आएनन् । किन आएनन् ध्यानाकर्षण हुनुपर्छ ।’
‘कार्यक्रममा खास सरोकारवाला देखिएनन् । किन आएनन् श्रेष्ठले भने अहिले जिल्ला संकटग्रस्त घोषणा भएपछि के पायो ? सडक सुरक्षाको चासो देखिएको छैन । नागरिक समाज बोल्नु पर्ने दिन आएको छ । राजनीतिक अधिकार कुन्ठित भएको महसुश हुनु भएन ।’
जिल्ला बार उसोशिएसनका अध्यक्ष तारानाथ पराजुलीले सर्वसाधारण नागरिकका लागि सरोकारवाला जिम्मेवार हुनुपर्ने बताउँदै बारले समेत निशुल्क कानुनी सेवा दिदै आएको जानकारी गराए । उनले सबै नागरिकमा जानकारी पुर्याउँनु पर्ने भन्दै राज्यले दिएको सुविधालाई फ्रिज हुन दिन नहुने बताए ।
महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका प्राध्यापक संघका अध्यक्ष एलबी मगरले जनप्रतिनीधिले नागरिकको आवाजलाई सम्बोधन गर्नुपर्नुमा जोड दिए । उनले जिल्लामा उपभोग्य वस्तुमा भएको विषादीका बारेमा सर्वसाधारण बेखबर भएको बताउँदै घट्दै गएको कृषि उत्पादनमा सरोकारवालाले चासो दिनुपर्ने बताए ।
‘बैदेसिक रोजगारीले परिवारमा समस्या सिर्जना गरेको छ अध्यक्ष मगरले भने समाधानको उपायको आवश्यक छ ।’
नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष भीम चापागाईले मानव अधिकारका क्षेत्रमा जिम्मेवार र उत्तरदायी हुन सबै सरोकारवाला एकजुट हुनुपर्ने बताए । उनले संकटग्रस्त जिल्ला घोषणा भएको छ के सबै पीडितले सहि रुपमा सेवा सुविधा प्राप्त गरेका छन् ? कानुनसम्मत राहत पाउँन सरोकारवालाले चासो राख्नु पर्ने होइन र भनेर प्रश्न गरे ।
मानव अधिकारका लागि एकल महिलाको प्रतिनीधि दिपा आचार्यले सरोकारवालाको गैर जिम्मेवारीले सहज रुपमा एकल महिलाले सरकारी सेवा सुविधा पाउँनु पर्नेमा जोड दिइन् । उनले एकल महिलाका लागि कानुन छ तर यसको कार्यान्वयमा असहज भएको बताइन् ।
‘स्थानीय जनप्रतिनीधिले एकल महिलालाई दुर्व्यवहार गरेको समेत पाइएको छ आचार्यले भनिन महिलाले गर्ने व्यवसायमा छुट छ तर कर भने ज्यादै धेरै छ । स्थानीय तहमा अनुदान समेत छैन राजश्व मात्रै बढी असुलेको छ ।’
कार्यक्रममा सहभागी दामोदर चापागाईले सरोकारवाला नागरिक प्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए । उनले राजनीतिक घटनाले धेरैलाई सहिदसँगै पीडित वा घाइते बनायो तर उनिहरुले के पाए भनेर प्रश्न गरे ।
‘सहिद तथा घाइते परिवारले अझैपनि राजनीतिक आर्थिक अधिकार खोज्नु परेको छ चापागाईले भने जिल्लामा बसाई सराई रोकिएको छैन । सरकारले यस विषयमा चासो दिन सकेको छैन ।’
मानव अधिकार मञ्च नेपाल इलामको अध्यक्ष मोहनसिंह थेबेको अध्यक्षतामा भएको कार्यक्रममा उच्च अदालत इलाम विराटनगर इजलासका न्यायधिस श्यामकुमार विश्वकर्मा, जिल्ला प्रशासन कार्यालय इलामका प्रशासकीय अधिकृत टिकाराम निरौला, जिल्ला अस्पताल इलामकी एकद्वार संकट व्यवस्थापन केन्द्रकी सबिना श्रेष्ठ, उद्योग वाणिज्य संघका विष्णु पौडेल, मुक्ति समाजका याम रसाइली, पूर्वेली जीप तथा ट्याक्सी व्यवसायी संघका गृष्म सुब्बा, प्याब्सन इलामकी नुनुमा राई, तीर्थ खतिवडा लगायतले जिल्लाको मानव अधिकारको स्थीतिको बारेमा बोलेका थिए ।
कार्यक्रममा जिल्लाको मानव अधिकारको स्थीति विषयमा मानव अधिकार मञ्चका योगराज सापकोटाले छलफल पत्र प्रस्तुत गरेका थिए ।

125 पटक हेरिएको 











