कियाचु फाकफोकथुमको अधिवेसनले थेगिमको अध्यक्षतमा नयाँ कार्य समिती चयन


बुद्दमाया सोङ्मी  159 पटक हेरिएको

आमचोक: डेनि थेगिम (सागर)लाई अध्यक्ष बनाउँदै किरात याक्थुङ चुम्लुङको फाकफोकथुम गाउँपालिकाको दोस्रो अधिवेसन बुधबार सम्पन्न भएको छ ।

अधिवेसनले शाखाको उपाध्यक्ष धनमाया लिम्बू, सचिव गजेन्द्र योङहाङ, सहसचिव जगतबहादुर योङहाङ,  कोषाध्यक्ष राजकुमारी लिम्बुलाई छनौट गरेको छ ।

यस्तै सदस्यहरुमा राजकुमार लिम्बू, सन्तोष पापो, झल्लीमाया लिम्बू, सुनिता नेम्बाङ, देबिका लिम्बू, अम्बर लिम्बू, दिलमाया लिम्बू, दिपा लिम्बू, भीमबहादुर लिम्बू, अनु लिम्बू, सुनिता शेर्मा र आशा चेम्जोङ रहेका छन् ।

धनमाया लिम्बुको अध्यक्षतमा भएको अधिवेसन उद्घाटन समारोहमा प्रमुख अतिथि किरात याक्थुश्र चुम्लुङ जिल्ला सचिव राम योङहाङ,  गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल, फाकफोकथुम गाउँपालिका वडा नम्बर १ का अध्यक्ष कर्ण लिम्बू, वडा नम्बर ३ कादिपेन्द्र थेगिम, नेकपा एमाले जिल्ला सचिवालय सदस्य प्रेमराज थेगिम लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार