केरुङलाई अध्यक्ष बनाउँदै किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेशको तेस्रो अधिवेसन सकियो


सेवारो खबर  118 पटक हेरिएको

धरान : नरेन्द्रराज केरुङलाई अध्यक्ष बनाउँदै किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेशको तेस्रो अधिवेसन शनिरबा सम्पन्न भएको छ ।

सुनसरीको धरानमा सम्पन्न अधिवेसनले केरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरको निर्वाचन समिति संयोजक एवम् चुम्लुङ संघीय उपाध्यक्ष कमल तिगेलाले जानकारी दिए ।

समितिका उपाध्यक्षमा तिर्थ साउदेन र दिलकुमारी लिम्बू, मुख्यसचिव दिलकुमार लावती, सहसचिवमा दिलु लिङदेन र प्रेम तुम्बा एवम् कोषाध्यक्षमा महेश्वर हुक्वा चोङवाङ छनौट भएका छन् ।

सदस्यहरुमा तेह्रथुमबाट नारायण आङलाङ र अरुणा सुक्वाबा, ताप्लेजुङबाट मनिस हेल्लोक, पाँचथरबाट मनकुमार आङदेम्बे, इलामबाट पदम ताम्लिङ र धनमाया लिम्बू निर्वाचित भए ।

त्यस्तै  झापाबाट धनप्रसाद केरुङ र बन्दना नेम्बाङ, मोरङबाट फिपराज लिम्बू र गीता खजुम, सुनसरीबाट किशोर सम्बाहाम्फे र गोपीमाया लिम्बू, धनकुटाबाट सकुन्ता आङदेम्बे र दौलतमान लिम्बू निर्वाचित भएका छन् ।

ताप्लेजुङ र पाँचथरबाट महिला सदस्य र संखुवासभाबाट प्रदेश सदस्य खाली राखिएको छ । खाली रहेको ४ जना र मनोनित गर्नुपर्ने ४ जना कार्यसमितिले मनोनित गर्ने जनाइएको छ ।

नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई चुम्लुङका संघीय उपाध्यक्ष एवम् निर्वाचन समिति संयोजक कमल तिगेलाले प्रमाणपत्र हस्तान्तरण गर्नुका साथै पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

अधिवेशनको बन्दसत्रमा तत्कालीन मुख्यसचिव नरेन्द्रराज केरुङले सांगठानिक र कोषाध्यक्ष विन्द्र नाल्बोले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिनिधिहरुको सुझावका आधारमा संसोधनसहित दुवै प्रतिवेदन पारित गरिएको थियो ।

निवर्तमान अध्यक्ष मधु केरुङको अध्यक्षता र संघीय सल्लाहकार एवम् संस्थापक नरप्रसाद लुङफुङ्वाको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा चुम्लुङ झापा, मोरङ र सुनसरी शाखालाई सम्मान गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार