
इलाम: नेपाल आदिवासी जनजाति महासंघको ११ औं महाधिवेसन माघ ९ र १० गते बिराटनगरमा हुने भएको छ ।
‘प्राकृतिक स्रोत जल, जंगल र जमिनमाथि आदिवासी जनजातिहरुको अधिकार सुनिश्चित गर, प्राचिन सभ्यता र ऐतिहासिक पृष्ठभूमीको पहिचानको आधारमा प्रदेशहरुको पुन:नामाङ्कन गर’ भन्ने मुल नाराको साथमा प्रदेश १ को राजधानी बिराटनगर महाधिवेसन गर्न लागेको महासंघले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
महाधिसेसनका लागि १२ उपसमिति गठन गरेको छ ।
उपसमितिहरुमा प्रतिनिधी व्यवस्थापन, विधान संशोधन, झाँकी र्याली व्यवस्थापन उपसमिति संयोजक बरिष्ठ उपाध्यक्ष बुद्ध घर्ती, प्रचार प्रसार तथा पत्राचार र सांगठनिक प्रतिवेदन उपसमिति संयोजक महासचिव दिवस राईलाई बनाएको छ ।
खाद्य तथा आवास व्यस्थापन उपसमिति संयोजक उपाध्यक्ष युवराज जिरेल, आर्थिक व्यवस्थापन, स्वयंसेवक तथा आर्थिक प्रतिवेदन संयोजक कोषाध्यक्ष बिमल सारु मगर, प्रतिनिधी कार्ड व्याज व्यानर लजिष्टिक संयोजकमा उपाध्यक्ष लाक्पा ढोक्प्या, सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपाध्यक्ष लहरुमाया जिमी र अतिथी सत्कार संयोजक श्रुति कुमाल संयोजक तोकिएको छ ।
राज्यसत्ताको विभेदकारी नीति बिरुद्ध आन्दोलन गर्दै सत्तासिन दलहरुलाई खबरदारी गर्दै आदिवासी समुदायलाई सचेत गराउँने महत्वपूर्ण काम गर्दै आएको छ ।
नेलालको कुन जनसंख्या मध्यै करिब ३६ प्रतिशत जनसंख्या ओगटेको महासंघ नेपाल आदिवासी जनजातिहरुको छाता संगठन हो । नेपाल सरकार आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानमा सूचिकृत ६० आदिवासी जनजाति समुदाय मध्ये ५६ समुदाय महासंघमा आबद्ध छन् । यसको १२ वटा सम्बन्ध प्राप्त संगठन रहेका छन् । विदेशमा २५ महासंघ प्रवास संगठन रहेका छन् । नेपाल भरी ७ प्रदेश प्रदेश समन्वय परिषद ७७ जिल्ला समन्वय परिषद र ५ हजार बढी स्थानीय पालिका र वडा परिषद कृयाशिल रहेको पत्रकार सम्मेलनमा बताइएको छ ।
विज्ञप्ती:


129 पटक हेरिएको 











