
इलाम : पर्सी माघ ८ गते हुने किरात याक्थुङ चुम्लुङ इलामको नवौं जिल्ला अधिवेशन तयारी अन्तिम चरणमा पुगेको छ ।
अधिवेसनका लागि आवश्यक व्यवस्थापनको काम सकिन लागेको कियाचु जिल्ला अध्यक्ष बुद्दमाया सोङ्मीले जानकारी गराइन ।
एक सय बढी प्रतिनिधी पर्यवेक्षक सहभागी अधिवेसनमा प्रमुख अतिथी, अतिथी ,आवास, सांस्कृतिक झाँकी, व्यवस्थापनको तोकिएको उपसिमितिले काम गरिसकेको बताइएको छ ।
अधिवेसनमा जिल्लाको दशैं पालिकको किरात याक्थुङ चुम्लुङ शाखा प्रतिनिधी तथा पर्यवेक्षकको सहभागीता रहने छ । अधिवेसनको खुला सत्रमा विभिन्न जातीय झाँकी तथा याक्थुङ सांस्कृतिक नाच केलाङ यालाङ समेत देखाइने छ ।
अधिवेसन सम्पन्न गर्न अध्यक्ष बुद्धमाया सोङ्मीको संयोजकत्वमा पदम ताम्लिङ, राम योङहाङ, याम माबोहाङ, अतित योङहाङ, शिव थेगिम र रुद्र थेवे सदस्य रहेकव मूल व्यवस्थापन उपसमिति, माया लिम्बूको संयोजकत्वमा लिला केरुङ, नबिनसुन्दर शेर्मा र फुलकुमारी शेर्मा सदस्य रहेको आर्थिक व्यवस्थापन उपसमिति, राम लिङदम संयोजक र हेमराज मोरोहाङ र फुलकुमारी शेर्मा सदस्य रहेको अतिथि/खाना/आवास व्यवस्थापन उपसमिति गठन गरेको छ ।
सहसचिनव याम माबोहाङको संयोजकत्वमा अतित योङहाङ, राम लिङदम र पञ्च योङहाङ सदस्प्रय रहेको चारप्रसार उपसमिति, अतित योङहाङको संयोजकत्वमा हेमराज मोरोहाङ र शिव थेगिम सदस्य रहेकोस्वयमसेवक उपसमिति र पदम ताम्लिङको संयोजकत्वमा रुद्र थेवे, शिव थेगिम, रुपेन नेम्बाङ र विजय फागो सदस्य रहेको साँस्कृतिक झाँकी व्यवस्थापन उपसमिति गठन भएको छ ।
बैठकले जिल्ला अधिवेशनका लागि नगरपालिकालाई १० हजार र गाउँपालिकाई ८ हजार रुपैयाँ अधिवेशन दायित्व निर्धारण गरेको छ । अधिवेशन प्रतिनिधि विधान बमोजिम सदस्यता सङ्ख्याको आधारमा सहभागी हुनेछन् ।

78 पटक हेरिएको 











