इलाम: फागुन २१ गते हुन लागेको प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि इलाम जिल्लामा २७ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर १ मा १३ जना र क्षेत्र नम्बर २ मा १४ जनाले उम्मेद्वारी दर्ता गरेका छन् ।
दुबै क्षेत्रमा १४ राजनीतिक दलले आआफ्नै उम्मेद्वारी दर्ता गराएका छन् भने एक जनाको स्वतन्त्र उम्मेद्वारी परेको जनाइएको छ ।
प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर १:

इलाम १ बाट १३ जना उम्मेदवारले दर्ता गरेका छन् । उम्मेद्वारहरुमा नेपाली कांग्रेसका निश्कल राई, नेकपा एमालेका काजीमान कागते, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नारदमणी साङपाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्वाला नेपाल, नेपाल मजदुर किसान पार्टीका तुलसी केशरी छुँजू, मंगोल नेसनल अर्गनाइजेसनका बुद्ध लाल मेचे, उज्यालो नेपाल पार्टीका हरी बहादुर गुरुङ, श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बुले उम्मेद्वारी दर्ता गराएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदाल, नेपाल जनमुक्ति पार्टीका डम्बर सिंह लिम्बु, जनता समाजवादी पार्टीका लिला बहादुर सुनुवार, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राम प्रसाद लिम्बु र नेपाल कम्युनिस्ट पार्टीका रण बहादुर राई रहेका छन् ।
प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर २:

इलाम २ बाट १४ जना उम्मेदवारले दर्ता गरेका छन् । यसमा नेपाली कांग्रेसका भेषराज आचार्य, नेकपा एमालेका सुहाङ नेम्बाङ, नेपाल कम्युनिस्ट पार्टीका ओम गुरुङ, नेकपा माओवादी (विप्लव) का होमप्रासद खतिवडा सी, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश प्रसाद दुलाल, नेपाल जनमुक्ति पार्टीका यामबहादुर योङहाङ, राष्ट्रिय जनमुक्ति पार्टीका पवित्रा तुम्बाहाम्फेले उम्मेद्वारी दर्ता गराए ।
जनता समाजवादी पार्टीका बलबहादुर आङदेम्बे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सादरसिं लिङदेन लिम्बू, राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुल राई, मंगोल नेशनल अर्गनाइजेसनका श्याम बहादुर लिम्बू, श्रम संस्कृति पार्टीका सुदिप राई, राष्ट्रिय परिवर्तन पार्टीका दिवस राईले दलका तर्फबाट उम्मेद्वारी दर्ता गराए । डाक प्रसाद गौतमले भने स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

155 पटक हेरिएको 














