माघ २५ देखि २९ गतेसम्म इलाममा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइने

खोप किन लगाउँने सम्पूर्ण जानकारी सहित


सेवारो खबर  82 पटक हेरिएको

इलाम: किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान इलाममा ५ दिन सञ्चालन हुनेछ ।

माघ २५ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वाथ्य कार्यालय इलामले जनाएको छ ।

कार्यालयका अनुसार कक्षा ६ मा पढ्ने र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइनेछ । यसका

साथै गएको वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने छात्रा ११ वर्षदेखि १४ वर्षका विद्यालय बाहिरका किशोरीलाई समेत खोप दिइने छ ।

छात्रा र किशोरीलाई आफू पढ्दै गरेको विद्यालय र स्वास्थ्य संस्थामा खोप लगाइने लगाइने स्वाथ्य कार्यालयका गजाधर पण्डितले जानकारी गराए ।

कक्षा ६ अध्ययन अध्यापन गराउने सस्थागत र सामुदायीक बिद्यालय सबै, सामुदायिक र सस्थागत बाहेकका १० वर्षका किशोरी रहेका अन्य बिद्यालय सबै (मदरशा/ अन्य), आवश्यकताको आधारमा बिद्यालय नभएका वडा/बिद्यालयबाट टाढा रहेका बाह्य केन्द्र अन्तिम दिन वडा तहको सबै स्वास्थ्य संस्था खोप केन्द्रका रुपमा रहने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको देशै भरिको अभियान अन्तर्गत इलाममा २ हजार एक सय ४३ जनालाई खोप लगाइने छ ।

स्वाथ्य कार्यालयका अनुसार तीन सय ३९ खोप केन्द्रमा खोप दिइने छ । खोका लागि तीन सय ३९ जना स्वयंसेवक परिचालन गरिनेछ । अभियानको एक सय १६ अनुगमन गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार