
इलाम: मानव अधिकार मञ्च नेपाल इलामको २७औं साधारण सभा आइतबार सम्पन्न भएको छ । मञ्चका अध्यक्ष मोहनसिंह थेबेको अध्यक्षतामा भएको सभाले वार्षिक सांगठनिक र आर्थिक प्रतिवेदन पास गरेको छ ।
संस्थाका सहसचिव सावित्रा सिवाले स्वागत गरेको कार्यक्रमा मञ्चको विगत र वर्तमान अवस्थाको समिक्षा गर्दै भावी कार्यदिशाको विषयमा छलफल भएको थियो । यसका साथै संस्थाको विधानको संशोधनका विषयमा छलफल भएको थियो ।
सभामा संस्थामा सचिव सर्मिला राईले सांगठनिक र कोपाध्यक्षको तर्फबाट लेखा प्रमुख कोपिका कार्कीले आर्थिक प्रतिवेदन पेश गरिन् ।
के हो ? मानव अधिकार मञ्च
मानव अधिकार मञ्च नेपाल विक्रम सम्बत २०५५ सालमा जिल्ला प्रशासन कार्यालय इलममा गैरसरकारी एंव गैर नाफामुलक संस्थाको रूपमा दर्ता भई क्रियाशिल छ ।

संस्थाले मानव अधिकार र अधिकार, भेदभाव, जातीय विभेद, महिला हिंसा, द्वन्द, शान्ति र मेलमिलाप, सुशासन, मनोसामाजिक जस्ता विषयमा क्षमता विकास पैरवी, खोज तथा अनुसन्धान, सामाजिक परिचालन, कानुनी सहयोग जस्ता क्रियाकलाप मार्फत समुदाय तहमा काम गर्दै आएको छ ।
संस्था घरेलु हिंसा विरूद्व अभियान पूर्वाञ्चल नेटवर्कको संस्थापक सदस्य, मेलमिलापको तालिम प्रदायक संस्था र मेलमिलाप सम्बन्धि कार्य गर्ने संस्थाको रूपमा परिषदबाट अनुमति प्राप्त प्रदेश भरी क्रियाशिल संस्थाको रूपमा परिचित छ ।
दुरदृष्टि
मानवअधिकार मञ्च सभ्य र समुन्नत समाजको परिकल्पना गर्दछ।
ध्येय
मावअधिकार मञ्च नेपाल, मानव अधिकार र अधिकारको संरक्षण र प्रवर्द्धन मार्फत न्याय र दिगो शान्ति स्थापना गर्न सक्रिय रूपमा काम गर्दछ।
लक्ष्य
मानव अधिकार र अधिकारको संरक्षण र प्रवर्द्धन, प्रभावकारी सेवा र लोकतान्त्रिक अभ्यासको प्रवर्द्धन, र बहिष्कृत समूहरसमुदायको अर्थपूर्ण सहभागिता मार्फत सामुदायिक स्तरमा न्याय र शान्ति प्रवर्द्धनमा पहुँच अभिबृध्दि गर्ने।
रणनीतिक उद्देश्यहरु
१, समुदाय तथा लक्षित समुदायको मानअधिकार र अधिकारको संरक्षण र सम्बर्धनमा अभिबृध्दि गर्ने ।
२, अहिंसात्मक व्दन्व्दरूपान्तरण मार्फत हिंसात्मकव्दन्व्द न्यूनीकरण र न्यायमा पहुँचको अभिवृध्दि गर्दै समुदायमा दीगो शान्ति प्रवर्धन गर्ने ।
३, सुशासन तथा नागरिक र सरकारबीचको सम्बन्ध सुदृढीकरण मार्फत प्रभावकारी सेवा तथा लोकतान्त्रिक अभ्यासको प्रवर्धन गर्ने ।
४, सवैखाले विभेदको न्यूनीकरण गर्दै पछाडि पारिएका समुदायहरूको अर्थपूर्ण सहभागिता अभिवृध्दि गर्ने ।
मानव अधिकार मञ्चको विषयगत क्षेत्र
१, द्वन्द्व , शान्ति र न्याय: अहिंसात्मक द्वन्द्व रूपान्तरण मार्फत हिंसात्मकद्वन्द्व न्यूनीकरण, सामाजिक न्याय, सम्बाद, मनोसामाजिक मनोविमर्श, कचहरी, मेलमिलाप, अहिंसात्मक सञ्चार, सम्बाद सहजीकरण, न्यायिक समितिहरूको सवलीकरण जस्ता सवालहरू मार्फत दीगो शान्तिका लागि संस्था क्रियाशील छ । संस्था मेलमिलाप सम्बन्धि काम गर्ने नेपालकै एउटा पहिलो संस्था हो । संस्था मेलमिलाप सम्बन्धि तालिम प्रदायक संस्था तथा मेलमिलाप सम्बन्धिकाम गर्ने संस्थाको रूपमा मेलमिलाप परिषदमा सूचीकृत छ ।
अधिकार र मानवअधिकार: मानवअधिकारको अनुगमन, अभिलेखन, मौलिक हक, मानवअधिकार शिक्षा, महिला, बालबालिका, जेष्ठनागरिक,श्रमिक अधिकार, मानवबेचविखन विरूध्द अभियान जस्ता विषय तथा क्षेत्रहरूमा सचेतना, पैरवी, सम्वाद, क्षमता विकास जस्ता क्रियाकलापहरू संस्थाले सञ्चालन गर्दछ ।
२. लैगिंक तथा सामाजिक समावेशीकरण: मानवअधिकार मञ्च लैगिंक तथा सामाजिक समावेशीकरणलाई आफ्नो मुख्य कार्यक्षेत्र बनाई काम गर्दछ । जातीय विभेद, छुवाछुत, समावेशी सहभागिता, सकारात्मक विभेद जस्ता सवालहरू संस्थाका प्राथमिकताका क्षेत्रहरू हुन् ।
३, लोकतन्त्र र सुशासन: संविधान तथा विद्यमान कानूनहरू बारे सचेतना, कार्यान्वयनका लागि पहल, लोकतान्त्रिक अभ्यास, विधिको शासन तथा सुशासनका क्षेत्रमा संस्था क्रियाशील छ ।
४. आपतकालिन सहयोग: आपतकालिन सहयोग संस्थाले बालहेल्पलाइन १०९८, मनोविमर्श, कानूनी सहायता, उध्दार, आपदकालिन आवास जस्ता सेवाहरूलाइ नियमितरूपमा प्रदान गर्दछ ।
५. सञ्चालनमा रहेका परियोजना: मानवअधिकार मञ्चले कोशी प्रदेश का सबै स्थानीय तहलाइ प्राथमिकतामा राखी काम गरिरहेको छ ।
हाल सञ्चालनमा रहेका परियोजनाहरू निम्नानुसार छन् ।
१. स्थानीय तहमा न्यायिक संरचनाहरूको सवलीकरण तथा मानवअधिकारको संरक्षण परियोजना,
२. गुणस्तरीय न्याय सेवाको सुनिश्चितताका लागि स्थानीय सरकार सहयोग परियोजना
३. बाल अधिकार संरक्षणका लागि ऐक्यवध्दता परियोजना,
मावन अधिकार मञ्चको नियमित सेवा
१. बाल हेल्पलाइन (२४ घण्टा, पैसा नलाग्ने नम्बर) १०९८: जोखिममा परेका वा समस्यामा परेका बालबालिकाहरू, तत्काल उध्दार तथा सहयोगका लागि पैसा नलाग्ने नम्बर १०९८ नेपाल सरकारले सञ्चालन गरेको छ । मानवअधिकार मञ्चले यो सेवा सञ्चालन गर्दछ । यो २४ घण्टा नै उपलब्ध छ ।
२. कानूनी सहयोग र परामर्श: मानवअधिकार मञ्चले हिसा पीडित महिला, बालबालिकाहरूलाइ कानूनी सहायता गर्नुका साथै स्थानीय सरकार, न्यायिक समितिहरू तथा मेलमिलापकेन्द्र र मेलमिलापकर्ताहरूलाइ कानूनी परामर्श प्रदान गर्दछ ।
३. मेलमिलाप केन्द्र र मेलमिलाप सेवा: संस्थाले मेलमिलापकर्ता उत्पादन गर्ने मेलमिलाप सम्बन्धि विभिन्न प्रकारका तालिमहरू, न्यायिक समितिहरूलाइ तालिम तथा परामर्श प्रदान गर्दछ । यसका साथै संस्थाको मेलमिलाप केन्द्रमा तालिम प्राप्त र अनुभवी मेलमिलापकर्ताहरू द्वारा विवाद समाधानको सेवा उपलब्ध छ ।
४. मनोविमर्श सेवा: मनोविमर्श सेवाका बारेमा जानकारी साथै सेवाको आवश्यकता परेका व्यक्त्तिहरुलाइ मनोविमर्श सेवा प्रदान गरिन्छ । टोलफ्री (हिंसा पीडित महिलाहरूका लागि, पैसा नलाग्ने नम्बर) १६६०२७५२१११ कार्यालय समयमा यो नम्बरमा फोन गरेर सेवा लिन सकिने व्यवस्था गरिएको छ ।
५. विषयगत विज्ञसेवा तथा सहजकर्ताहरू: संस्थासँग सम्बन्धित विषयगत क्षेत्रमा विज्ञ सेवा पनि प्रदान गरिन्छ । इच्छुक सरकारी, गैरसरकारी, वा समुदाय तथा नीजि क्षेत्रबाट यी सेवाहरू लिन चाहेमा संस्थामा सम्पर्क गरी लिन सकिने व्यवस्था गरिएको छ ।
६. उद्धार तथा आकस्मिक आवास: मानवअधिकार मञ्चले हिंसा पीडित महिलाहरुका लागि आकस्मिक आवास प्रदान गर्दछ । जोखिममा परेका बालबालिकाहरुका लागि उद्धार, आकस्मिक आवास सेवा प्रदान गर्दछ । आकस्मिक आवासमा रहेका महिला तथा बालबालिकाहरुलाई संस्थाले प्रदान गर्ने अन्य सेवाहरु पनि प्रदान गर्दछ ।

98 पटक हेरिएको 











