
इलाम: फागुन २१ गते हुन लागेको प्रतिनीधि सभा निर्वाचनमा इलाम जिल्लाका २ लाख ३१ हजार ८ सय ९ जनाले मतदान गर्न पाउँनेछन् । यो संख्या फागुन २० गतेसम्ममा १८ वर्ष पुग्ने मतदाताको संख्या हो ।
जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार एक लाख १९ हजार ६ सय ४८ जना पुरुष र एक लाख १२ हजार एक सय ५८ महिलाले मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । लिङ्ग नखुलेको अन्य ३ जना रहेका छन् ।
दुई वटा प्रतिनीधि सभा निर्वाचन क्षेत्र रहेको इलामको क्षेत्र नम्बर एकमा १ लाख १२ हजार ३ सय २० मतदाता रहेका छन् । यसमा ५८ हजार ६ सय ७३ पुरुष र ५३ हजार ६ सय ४६ महिला र एक जना अन्य मतदाता रहेका छन् ।
क्षेत्र नम्बर दुईमा १ लाख १९ हजार ४ सय ८९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसमा ६० हजार ९ सय ७५ पुरुष र ५८ हजार ५ सय १२ महिला र २ जना अन्य मतदाता छन् ।
मतदाताले निर्वाचन क्षेत्र अनुसार क्षेत्र नम्बर एकमा ७१ मतदान स्थलका १ सय ३८ मतदान केन्द्रमा मतदान गर्नेछन् । क्षेत्र नम्बर दुईमा रहेको ७९ मतदान स्थलमा १ सय ५२ मतदान केन्द्रमा मतदान गर्न पाउँनेछन् ।
निर्वाचनमा मतदान गर्नका लागि फागुन २० गते १८ वर्ष पुरा भएको हुनुपर्ने छ ।
प्रतिनीधिसभा निर्वाचन क्षेत्र नम्बर एकको सीमा वा भूगोल
प्रतिनीधि सभा निर्वाचन क्षेत्र नम्बर एकमा सन्दकपुर, माईजोगमाई, रोङ गाउँपालिका सूर्योदय नगरपालिका माई नगरपालिकाको वडा नंम्बर. १, २, ३, ४, ५, ९, १० र इलाम नगरपालिकाको १० नम्बर वडको भूगोल समेटिएको छ ।
यस निर्वाचन क्षेत्रमा १ लाख १२ हजार ३ सय २० मतदाता रहेका छन् । यसमा ५८ हजार ६ सय ७३ पुरुष र ५३ हजार ६ सय ४६ महिला र एक जना अन्य मतदाता रहेका छन् ।
यसमा सदकपुर गाउँपालिकाको १३ हजार ७ सय २, माईजोगमाई गाउँपालिकाको १६ हजार ९ सय ६, रोङ गाउँपालिकाको १५ हजार ९४, सूर्योदय नगरपालिकाको एक अन्य सहित ४६ हजार २ सय २४ मतदाता रहेका छन् । माई नगरपालिकाको वडा नंम्बर. १, २, ३, ४, ५, ९, १० का १६ हजार ६ सय ७२ जना र इलाम नगरपालिका १० नम्बर वडाका ३ हजार ७ सय २२ जना मतदाता छन् ।
यहाँका मतदाताले ७१ मतदान स्थलका १ सय ३८ मतदान केन्द्रमा मतदान गर्नेछन् ।
प्रतिनीधिसभा निर्वाचन क्षेत्र नम्बर दुईको सीमा वा भूगोल
प्रतिनीधि सभा निर्वाचन क्षेत्र नम्बर दुईमा फाकफोकथुम, माङसेबङु र चलुाचलुी गाउँपालिका देउमाई नगरपालिका, ईलाम नगरपालिकाको वडा नम्बर. १, २, ३, ४, ५, ६, ७, ८, ९, ११, १२ र माई नगरपालिकाको वडा नंम्बर ६, ७ र ८ भूगोल समेटिएको छ ।
क्षेत्र नम्बर दुईमा १ लाख १९ हजार ४ सय ८९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसमा ६० हजार ९ सय ७५ पुरुष र ५८ हजार ५ सय १२ महिला र २ जना अन्य मतदाता छन् ।
फाकफोकथुमका १६ हजार ७ सय ६२, माङसेबङु १३ हजार ५० र चलुाचलुी गाउँपालिकाका १९ हजार ४५ देउमाई नगरपालिकाका २६ हजार ९ सय ३०, ईलाम नगरपालिकाको वडा नम्बर. १, २, ३, ४, ५, ६, ७, ८, ९, ११, १२ का ३५ हजार ४ सय ६ र माई नगरपालिकाको वडा नंम्बर ६, ७ र ८ का ८ हजार २ सय ९६ जना मतदाता रहेका छन् ।
यहाँका मतदाताले ७९ मतदान स्थलमा १ सय ५२ मतदान केन्द्रमा मतदान गर्नेछन् ।


75 पटक हेरिएको 











