श्रम संस्कृति पार्टी जीतपुर अध्यक्षमा जबेगु


सेवारो खबर  126 पटक हेरिएको

देउमाई: श्रम संस्कृति पार्टी देउमाई ९ जीतपुर शाखा शनिबार बिस्तार गरेको छ । पार्टीले रामबीर जबेगुको अध्यक्षतामा २३ सदस्यीय शाखा गठन गरेको बताइएको छ ।

शाखाको उपाध्यक्षमा बिवस वदो, सचिव भेषराज मोरोहाङ, कोषाध्यक्ष यसोदा लिम्बू रहेका छन् । सदस्यहरुमा तेजन वदो नर कुमार माबो नेत्र वदो लिम्बू हेमकला माबो सिर्जना नेम्बाङ नवीन वदो लिम्बू

दल बहादुर बेघा सरगम जबेगु टेब बहादुर जबेगु (ठूलो) मेघ बहादुर तुम्बाहाङ्फे किशोर तुम्बाहाङ्फे पदमाया राई (राई साईली) र पदम लोरिङदेन रहेका छन् ।

पार्टीको नगर अध्यक्ष टिकाराम बराइली, उपाध्यक्ष कर्ण तामाङ, कोषाध्यक्ष मिना राई, सहसचिव राम मुखिया सल्लाहकार पूर्ण चन्द्र फियाकको उपस्थीति रहेको थियो ।

शाखा गठनको व्यवस्थापन स्थानीय खेम माबोहाङको नेतृत्वमा भएको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार