‘आचारसंहितामा सञ्चार माध्यम जिम्मेवार बन्नुपर्छ’


सेवारो खबर  143 पटक हेरिएको

इलाम: पेशागत आचारसंहितामा सञ्चार माध्यम जिम्मेवार बन्नुपर्ने नेपाल पत्रकार महासंघ इलामले आयोजना गरेको पत्रकार आचारसंहिता तालिममा सहभागीले बताए । उनिहरुले सत्य, तथ्य र निश्पक्षता पत्रकारितामा प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।

तालिमको सहजिकरण गर्दै अग्रज सञ्चारकर्मी विजयशेखर भट्टराईले सञ्चारकर्मी आफैले पत्रकार आचारसंहितालाई कार्यान्वयन गर्नुपर्ने बताए । उनले सञ्चारकर्मीले समाचार बनाउँदा सत्य, तथ्य र निश्पक्षतालाई ध्यान दिनु पर्नेमा जोड दिए ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख देबीचरण फूएलले सञ्चारकर्मीले अपनाउँने आचारसंहिताले निर्वाचन आचारसंहितालाई सहयोग गर्ने भएको यसलाई प्रथमिकतामा राखेर पत्रकारिता गर्नुपर्नेमा जोड दिए । उनले निर्वाचनको समयमा सञ्चारकर्मीले निर्वाचन आचारसंहितालाई समेत ध्यान दिएर स्वच्छ हरित निर्वाचन सम्पन्न गराउँनु जिम्मेर बन्न आग्रह समेत गरे ।

प्रमुख फुयालले निर्वाचन सम्बन्धी सूचना प्रवाह र जिम्मेवार पत्रकारिताबारेमा समेत जानकारी गराएका थिए ।

नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष भीम चापागाईले पेशागत आचारसंहिताको पालना गर्नु नै व्यवसायिक पत्रकारिता भएकोले सबै सञ्चारकर्मीले यसलाई ध्यान दिनु पर्ने बताए ।

अध्यक्ष चापागाईले सञ्चारकर्मीले गर्ने सार्वजनिक बहसमा सम्मान र सभ्य हुनुपर्ने बताउँदै सञ्चारकर्मी एक जिम्मेवार नागरिक भएकोले सामाजिक सञ्जाल प्रयोग गर्दा समेत आफूले आफैलाई सोध्नु पर्नेमा जोड दिए ।

प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेशको सहकार्यमा भएको कार्यक्रममा अग्रज पत्रकार विजय शेखर भट्टराई, बुद्धमाया सोङ्मी र भीम चापागाईले सहजिकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार