सुहाङको दोस्रो पटक संसद यात्रा सुनिश्चित


सेवारो खबर  72 पटक हेरिएको

इलाम: इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सुहाङले दोस्रो पटक संसद यात्रा सुनिश्चित गरे । उनले प्रतिनीधिसभा सदस्यमा विजयी हुँदै यात्रा सुनिश्चत गरेका हुन ।

नेम्बाङको विजयसँग ३ दशक यताको नेकपा (एमाले) विरासत जोगिएको छ । उनले ७ हजार ७ सय ७६  मत अन्तरले नेपाली कांग्रेसका भेषराज आचार्यलाई पछि पारे । उनले २२ हजार ४ सय २६ मत ल्याए ।

निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भेषराज आचार्यको १४ हजार ६ सय ५० मत आचार्यको मतमा चित बुझाउँनु परेको छ । आचार्यको उपविजय १२ वर्षपछि छोरासँग पनि पछि पर्नु हो ।

अन्श्रतिम मत परिणाम अनुसार संस्कृति पार्टीका सुदीप राईले १४ हजार ४ सय मत प्राप्त गर्दै तेस्रो स्थान जोगाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुल राईले ७ हजार ८ सय १४, नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङले १,१७२ मत ल्याएका छन् ।

इलाम २ को अन्तिम परिणाम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार