इलाम: समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड ३ लाख ४४ हजार ९ सय ५२ मतगणना भएको छ ।
यो समाचार तयार पार्दासम्ममा निर्वाचन आयोगको तथ्याङ्क अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ४९ लाख ६७ हजार ४३ मत प्राप्त गरेको छ ।
यस्तै, नेपाली कांग्रेसले १६ लाख ८४ हजार १७५, नेकपा (एमाले)ले १४ लाख २४७, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ६१ हजार ६८०, श्रम संस्कृति पार्टीले तीन लाख ४९ हजार १४०, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २३ हजार ५३५ मत प्राप्त गरेको छ ।
यस्तै, जनता समाजवादी पार्टी नेपालले एक लाख ७० हजार १५८, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ६५ हजार ३८६ र जनमत पार्टीले ७५ हजार ७९२ मत प्राप्त गरेको छ । मतगणना जारी छ ।

60 पटक हेरिएको 














