६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा अन्तरकृया


सेवारो खबर  52 पटक हेरिएको

इलाम: ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा इलाममा शुक्रबार अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

इलाम नगर सहकारी समन्वय समिति र नगरपालिका सहकारी शाखाको आयोजनामा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको नियामक मापदण्ड कार्यान्वयनका चुनौती, अवसर र सुझावबारे छलफल गरिएको जनाइएको छ ।

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष लिला प्रसाद थापाले “सहकारीमा स्वनियमन” राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख हेमन्त नेपालले “ऋण लगानी, असुली र लिलामी” मदन गुरुङ ले “तथ्यांकमा सहकारीको वर्तमान अवस्था” का विषयमा छलफल पत्र प्रस्तुत गरेको बताइएको छ ।

केदार थापाले उद्घाटन गरेको कार्यक्रममा उपप्रमुख बिष्णु दाहाल लिम्बु बोलेको कार्यक्रममा प्रेम पाण्डे ले धन्यवाद ज्ञापन गरे ।

नगरपालिकाको ७९ वटा सहकारी संस्थाको सहभागी रहेको छलफल कार्यक्रम सुदिप श्रेष्ठले सहजिकरण गरेका थिए ।

कार्यक्रमा नगर सहकारी समन्वय समितिका अध्यक्ष छत्र बहादुर चौहानको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार