आर्थिक गणना २०८३ बैशाख २ देखि असार २ गतेसम्म


सेवारो खबर  48 पटक हेरिएको

इलाम: राष्ट्रिय आर्थिक गणना २०८३ बैशाख २ देखि असार २ गतेसम्म हुने भएको छ । अर्थतन्त्रका लागि आर्थिक गणना गर्न लागिएको बताइएको छ ।

इलाममा बुधबार राष्ट्रिय आर्थिक गणना सम्बन्धी सचेतना गोष्ठी गर्दै जिल्ला राष्ट्रिय आर्थिक गणना कार्यालयका गणना अधिकारी प्रेम नेपालले अभियानका विषयमा जानकारी गराए ।

गोष्ठीमा २०८३ बैशाख २ देखि असार २ गतेसम्म सञ्चालन हुने आर्थिक गणनामा वस्तु तथा सेवा उत्पादन गर्ने विभिन्न आर्थिक एकाईबाट तथ्याङ्क संकलन गरिने गणना अधिकारीले बताए ।

अधिकारी नेपालले गोष्ठीमा आर्थिक गणना राष्ट्रिय अभियान भएकोले सबैलाई सत्यतथ्य जानकारी दिएर राष्ट्रिय नीति निर्माणमा योगदान दिन आग्रह समेत गरे ।

इलाम जिल्लाको आर्थिक गणनामा ३५ जना गणक र ५ जना  सुपरीवेक्षक खटाइने बताइएको छ । गणकहरुको तालिम भोली बिहिबारदेखि हुने आर्थिक गणना कार्यालयले जनाएको छ ।

नेपालका अनुसार प्रतिष्ठानहरूको आधारभूत विवरण सङ्कलन, प्रशोधन, विश्लेषण र प्रकाशन गर्न । नीति निर्माण, योजना तर्जुमा र लक्ष्य तथा प्रगतिको मापन गर्न । कुल गार्हस्थ उत्पादन तथा राष्ट्रिय लेखाका अनुमानको लागि तथ्याङ्क उत्पादन गर्न । राष्ट्रिय लेखा अनुमानका आधार वर्ष परिवर्तन गर्न आवश्यक तथ्याङ्क उत्पादन गर्न आर्थिक गणना गर्ने गरिन्छ ।

यसका साथै आर्थिक क्षेत्रका सर्वेक्षणहरूका लागि नमूना छनौट फ्रेम निर्माण गर्ने । तथ्याङ्कीय व्यवसायिक रजिष्टर निर्माणको लागि आधार निर्माण गर्न । औपचारिक अर्थतन्त्रका प्रमुख आर्थिक सूचक तयारी गर्न र अनौपचारिक अर्थतन्त्रका प्रमुख आर्थिक सूचक तयारी गर्न गणना गर्न लागिएको बताइएको छ ।

आर्थिक गणनाले विश्वसनीय नीति निर्माण र योजना तर्जुमा गर्न । औद्योगीक तथा व्यापारिक संरचनाको जानकारी लिन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास लक्ष्य मापन गर्न । व्यपारिक कृयाकलापको अवस्था जाँच गर्दै प्रतिस्पर्धी क्षेत्रहरूको उजागर गर्न । रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्रमा योगदानको मापन गर्न र अनौपचारिकबाट औपचारिक अर्थतन्त्रमा हातेमालो गर्न सहयोग गर्ने विषयमा गोष्ठीमा जानकारी गराइएको थियो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षतामा भएको गोष्ठीमा जिल्ला समन्वय समितिका प्रमुख जय प्रकाश राईले तथ्याङ्कको सत्यताको विषयमा बोलेका थिए । उनिहरुले सबै क्षेत्रको तथ्यलाई समेटेर सहि तथ्याङ्क विश्लेषण हुन सके मात्र यसको उपयोग हुन सक्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार