किरात याक्थुङ चुम्लुङ इलाम नगरपालिका ९ नम्बर वडाको अध्यक्षमा आङदेम्बे


सेवारो खबर  120 पटक हेरिएको

इलाम: किरात याक्थुङ चुम्लुङ इलाम नगरपालिका ९ नम्बर वडा अधिवेसन शनिबार सम्पन्न भएको छ । अधिवेसनले सिहं बहादुर आङदेम्बेको अध्यक्षतामा १३ सदस्यीय वडा शाखा गठन गरेको छ ।

शाखाको उपाध्यक्ष जीवनकुमारी लिम्बू, सचिव खड्ग नारायण योङहाङ र कोषाध्य अनिशा लिम्बूलाई छानिएका छन् ।

चुम्लुङ नगर अध्यक्ष युवराज लिम्बू सदस्य हर्क लिम्बू र लीला लिङदेनको उपस्थीतिमा भएको अधिवेसनले छानिएको शाखा सदस्यहरुमा सुनिला लिम्बू, मनकुमार लावती, रनबहादुर चोङबाङ, सन्तबीर लिम्बू, बलराज फियाक, मानवीर लिङदेन, हस्तराज फियाक र धनबहादुर साम्सोहाङ रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार