नयाँ बजारमा बाला चतुर्दशी मेला लाग्ने, पर्वका अवसरमा माइजोगमाई गाउँपालिकामा सार्वजनिक विदा


सेवारो खबर  365 पटक हेरिएको

 

इलामः बाला चतुर्दशी पर्वका अवसरमा मंसिर १७ गते शुक्रबार माईजोगमाई गाउँपालिकाले स्थानीय विदा दिने भएको छ ।

गाउँपालिका मंसिर १५ गते सार्वजनिक सूचना जारी गर्दै विदा हुँने जानकारी गराएको हो ।

अध्यक्ष जीतबहादुर राईले हस्ताक्षर गरेको सूचनामा विगतका वर्ष झै बाला चतुर्दशी पर्वको अवसरमा माइजोगमाई भित्र स्थानीय विदा दिने प्रावधान रहेकोले यो वर्ष पनि मंसिर १७ गते बाला चतुर्दशी पर्व परेको हुँदा स्थानीय विदा दिने निर्णय भएकोले पर्वका दिन पालिका अन्तगर्तका सरकारी कार्याल तथा विद्यालयहरू बन्द रहने व्यहोरा अनुरोध छ, भनिएको छ ।

सूचनामा गाउँपालिका केन्द्र नयाँ बजारमा स्वाथ्यको मापदण्ड अपनाई बाला चुतुर्दशी मेला समेत लाग्ने जानकारी गराइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार