श्रेष्ठलाई आशिष र सोङ्मीलाई महिला पुरस्कार


सेवारो खबर  40 पटक हेरिएको

इलाम : नेपाल पत्रकार महासंघ इलामको २०८३ बैशाख १ गते मंगलबार दुई पुरस्कार वितरण गर्ने भएको छ ।

हरेक वर्ष नयाँ वर्षको दिन प्रदान गर्ने आशिष स्मृति पत्रकारिता पुरस्कार-२०८३ सुदीप श्रेष्ठ र क्रियाशील पत्रकार महिला पुरस्कार-२०८२ बुद्धमाया सोङ्मीलाई प्रदान गर्ने महासंघको निर्णय गरेको छ ।

श्रेष्ठ इलाम ग्रीनका सञ्चालक र अनलाइन खबरको इलाम प्रतिनीधि हुन भने सोड्मी सेवारो खबर अनलाइन र मेरो समाचारकी सह सह सम्पादक हुन ।

उनिहरुलाई जनही १० हजार नगद सहित प्रमाण पत्र प्रदान गरिने महासंघ सचिव टिका खतिवडाले जानकारी गराए ।

उनिहरुलाई मंगलबार नयाँवर्ष बैशाख १ गते पुरस्कार प्रदान गरिने महासंघले जनाएको छ ।

आशिष स्मृति पत्रकारपता पुरस्कारबाट इलामका पत्रकार बेनुपराज भट्टराई, राजु शिवा, भीम चापागाईं,  तोयानाथ भट्टराई, राजकुमार दाहाल, युवराज गौतम, गोविन्द लामिछाने, कोकिला ढकाल, नमिन ढकाल, गणेश घिमिरे, सुमन लावती, भगीरथ भण्डारी, टीका खतिवडा, विक्रम सुन्दास र किरण पौडेल पुरस्कृत भैसकेका शाखाका उपाध्यक्ष अध्यक्ष लोकेन थेवेले बताए  ।

यस्तै पाँचथरका गणेश साङ्पाङ, झापाका मोहन काजी, रमेश समदर्शी, ताप्लेजुङ्गका आनन्द गौतम, सीता निरौला, चन्द्र पन्दाक पुरस्कृत भैसकेका छन् ।

क्रियाशिल महिला पत्रकारिता पुरस्कारबाट इलामका रिता राराहाङ, सुजता सुनुवार, सबिता पाण्डे र सुनिता मगर पुरस्कृत भइसकेका छन् ।

साविक मेची अञ्चलस्तरीय यो पुरस्कार अग्रज पत्रकार आशिष राईको स्मृतिमा हरेक नयाँ बर्ष बैशाख १ गते इलाम, पाँचथर, ताप्लेजुङ र झापामा कार्यरत पत्रकारहरुमध्ये एक जनालाई प्रदान गरिदै आएको छ ।

रेडियो नेपालका तत्कालीन इलाम समाचारदाता आशिष राईको ०५९ साल वैशाख १ गते इलामको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर निधन भएको थियो । उनै आशिषको सम्झनामा २०६० सालमा पत्रकार महासंघ इलाम शाखाले आशिष स्मृति पत्रकारिता पुरस्कार कोषको स्थापना गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार