
इलाम: किरात याक्थुङ चुम्लुङको १२औं राष्ट्रिय महाधिवेसन झापाको भद्रपुरमा चैत १२, १३ र १४ गते हुने भएको छ ।
चुम्लुङ झापाको व्यवस्थापन तथा भद्रपुर नगर शाखाको सह व्यवस्थापनमा महाधिवेसन हुन लागेको किरात याक्थुङ चुम्लुङको महासचिव निरन्ती तुम्बापोले जानकारी गराइन् ।
अधिवेसनको पहिलो दिन विभिन्न झाँकी सहितको र्यालीले नगरपरिक्रमा गरी रंगशाला परिशरमा उद्घाटन कार्यक्रम सम्पन्न हुनेछ ।

अधिवेसनको बन्दसत्रमा सांगठनिक प्रतिवेदन, नोकोशी नो केबुलकार, पहिचान, भाषा साहित्य, आदिवासीको सवाल सम्बोधनका लागि नीतिनिर्माणको विषयमा छलफल हुने चुम्लुङ संघीय अध्यक्ष प्रेम येक्तेनले जानकारी गराए ।
चैत १४ गते नयाँ संघीय कार्य समिति चयन गर्दै १२ अधिवेसन सम्पन्न हुने बताइएको छ ।
अधिवेसनमा जिल्ला, प्रदेश. सम्बन्धन प्राप्त थरगत समितिहरु सहभागी हुनेछन् ।

कार्यक्रममा नेपालको १५ जिल्ला, २ प्रदेश शाखा, विषयत ६ समिति, विदेशस्थीत चुम्लुङको २० शाखा र याक्थुङ थरगतको २८ समितिका करिब ५ सय प्रतिनीधि पर्यवेक्षक सहभागी हुने महासचिव चुम्बापोले जानकारी गराइन् ।
अधिवेसन सफल बनाउँन विभिन्न उपसमिति बनाई तिब्र गतिमा तयारीको काम गरिरहेको अधिवेसन व्यवस्थापक तथा किरात याक्थुङ चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फियाकले जानकारी गराए ।

250 पटक हेरिएको 














