इलाम: सर्वोच्च अदालतको फैसला विरुद्ध इलाममा विरोधको कार्यक्रम भएकाे छ । अदालतले दलिय व्यवस्था मासेर फैसला गरेकोको भन्दै अनेरास्ववियु र राष्ट्रिय युवा संघ विरोध प्रर्दशन गरे । उनिहरुले प्रदर्शनका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको पुत्ला समेत दहन गरेका छन् ।
नेकपा एमाले इलामको पार्टी कार्यलयबट सुरुको युवा विद्यार्थीको प्रर्दशनले चोक वजारमा पुगेर काेण सभामा परिणत भएकाे थियो । कोणसभालाइ सम्बोधन गर्दै अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा नेकपा एमालेका रबिन्द्र सुबेदीले सर्बाेच्चको आजको फैसलाले दलिय व्यवस्था मास्दै सत्तिपृथकिकरण को सिध्दान्त विपरीत जनताको अधिकार कुण्ठित गरेकोले बिरोधमा उत्रनु परेको बताए । उनले लोकतन्त्र मासिने दिसामा मुलुक गएको भन्दै प्रतिरोधमा उत्रन आब्हान समेत गरे ।
प्रर्दशनमा युवा विद्यार्थीहरुले संविधान मिच्न पाइदैन, जनताको सार्बभौम अधिकार खोस्न पाइदैन, निर्दलिय शासन चाहिदैन, लोकतन्त्र मास्न पाइदैन भन्दै नारा लगाएका थिए । प्रदर्शनकारीले प्रधानन्यायाधीश जवराको पुत्ला दहन गरेका थिए ।