इलाम: उच्च अदालत परिसरमा सोमबार मृत भेटिएकी विमलादेबी पराजुलीको हत्या आरोपी सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरि घटनाको बारेमा सार्वजनिक गरेको हो ।
पराजुलीको हत्यामा धनकुटा साविक होलीखर्क ५ का ३५ वर्षिया युवराज बानियाको संलग्नता रहेको जिल्ला प्रहारी कार्यालयले जनाएको छ ।
उच्च अदालतको मूख्य न्यायधिसको सुरक्षा गार्ड बानियाले प्रारम्भिक अनुसन्धानमा पराजुलीको हत्या आफूले गरेको स्वीकार गरेको प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठले जनाकारी गराए ।
हत्या आरोपी र मृतक बिमलादेवीको लामो समयदेखि लेनदेन लगायतको सम्बन्धमा खटपट आएपछि हत्या भएको अनुसन्धानबाट खुलेको बताइएको छ । तर उनिहरूको आन्तरिक सम्बन्धको थप विषयको बारेमा अनुसन्धान भइरेकोले भन्न नमिल्ने प्रहरी उपरिक्षक श्रेष्ठले बताए ।
कार्यालय समय सकिएपछि अन्य कर्मचारी घरगएपछि परिसरकै करेसाबारी हेर्ने काममा लागेकी उनलाई क्वाटर हल भित्रै हत्या गरी बाहिर हत्या आरोपी बानियाँले नै बाहिर ल्याई फालेको प्रहरीले जनाकारी गराए । प्रहरीका अनुसार कार्यालय परिषरको मुल गेटबाट नभई पछाडि पट्टिको पर्खाल नाघेर हल भित्र पसी हत्या गरेको बताइएको छ ।
उपरिक्षक श्रेष्ठले अनुसन्धानको क्रममा मृतकको दुई तोला सुनको गहना समेत आरोपी बाँनियाको कोठाबाट बरामद गरिएको बताए ।
नेचासल्यान गाउँपालिका २ की ४८ वर्षिया पराजुलीको सब सोमबार बिहान साढे सात बजे अदालत परिषरमा भेटिएको थियो ।