हत्या आरोपीलाई यथासिघ्र कारबाहीको माग


सेवारो खबर  148 पटक हेरिएको

इलाम: नेपाल निजामती कर्मचारी संगठनले अदालत परिसरमै मृत भेटिएकी विमलादेवी पराजुलीको हत्या आरोपीलाई यथासिघ्र कारबाही हुनुपर्ने माग गरेको छ ।

संगठनले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै दोषीलाई कानुनी कारबाही हुनुपर्ने माग गरेका हो ।

हत्यामा संलग्न जो कोहिलाई तत्काल कानुनी कठघरामा ल्याई निश्पक्ष छानबिन गरी दोषी उपर कानुनी कारबाही हुनुपर्ने विज्ञप्तीमा छ ।

संगठनका अध्यक्ष रमन्ता पौडेलले हस्ताक्षर गरेको विज्ञप्तीमा राष्ट्रसेवक कर्मचारी पोशाकमै रहस्यमय मृत्यू भएको घटनाले कर्मचारी हकहितमा स्थापित संगठन स्तव्ध भएको छ । कर्तव्य पालन गर्दागर्दै कर्मचारीको रहस्यमय मृत्यू हुनु घोर निन्दनीय अपराधपूर्ण कार्यको जति भत्सर्ना गरेपनि कम नहुँने भनिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार