इलाम: कवि भानुभक्त आचार्यको २०८ औ जन्म जयन्ती मंगलबार इलाममा मनाइएको छ । जन्म जयन्तीका अवसरमा ठुलो टुँडिखेल छेउमा रहेको भानुभक्तको प्रतिमामा जिल्ला समन्वय प्रमुख गणेश बरालले माल्यार्पण गरे ।
समन्वय प्रमुख बरालले कवि आचार्यले नेपाली भाषा र साहित्यका क्षेत्रमा पुरयाउनु भएको अमुल्य याेगदानकाे चर्चा गर्दै उनको योगदानको कदर गर्न हामी सबैले एकजुट हुनुपर्ने बताए ।
इलाम नगरपालिका साहित्य कला,संगित प्रतिषठानले आयोजना गरेको कार्यक्रममा जिल्लाका विभिन्न साहित्यिक संघ सस्थाका प्रमुख एबम प्रतिनिधिहरुले पनि आदि कविको शालिकमा पुष्प गुच्छा अर्पण गरेका थिए ।
प्रतिमामा माल्यार्पणपछि साहित्य कला संगित प्रतिषठान अध्यक्ष टीका घिमिरेको निवासमा आयोजित कबिता बाचन कार्यक्रम भएको छ । घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राज्ञ काेमल निरौला, इलाम साहित्य संस्कृतिक प्रतिषठान अध्यक्ष देबि गौतम, बुद्धि प्रसाद घिमिरे, इन्द्र नारायण सुवेदी ,अम्बर माध्यमिक विद्दयालय बरबोटेका प्रधान अध्यापक सोम निरौला , कबि दिवाकर भण्डारी, जय नारायण भट्टराई , जीवन हरि शर्मा , चन्द्र वीर खत्री लगायत एक दर्जन कविले आआफ्ना कविता बाचन गरेका थिए ।
नेपाली साहित्यको प्राथमिक कालिन कविताका केन्द्रीय प्रतिभा भानुभक्तले नेपाली भाषा र नेपाली कवितालाई लोक प्रिय बनाउदै , मौलिक शैली प्रदान गरेकाले उनलाई आदि कबिको सम्मान दिएको बताइन्छ । रामायण लाई नेपालीमा अनुवाद गर्नुका साथै प्रस्नोतर माला , भत्तमाला , बधु शिक्षा जस्ता थुप्रै फुटकर रचनाले नेपालीको पहिचान गराएको छ ।बि स १८७१ शाल असार २९ गते जन्मिएका आचार्यको प्रतेक बर्षको असार २९ गते भानु जयन्ती मनाउने गरिन्छ ।