सडक दुर्घटनामा वडा सदस्यको निधन


सेवारो खबर  204 पटक हेरिएको

इलाम: माङ्सेबुङ गाउँपालिका वडा नम्बर ४ का वडा सदस्यको दुर्घटनामा निधन भएको छ । बुधबार साँझ दुर्घटनामा परेका सदस्य ३६ वर्षिय धनबहादुर राईको उपचारका क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।
माङसेबुङ गाउँपालिका वडा नम्बर ४ मार्चेबुङका वडा सदस्य राई दमक रबि सडक खण्डमा दुर्घटनामा परेका हुन । राई आफैले चलाएको मे.८ प. ६०४ नम्बरको मोटरसाईकलबाट घर तर्फ आउँदै गरेको अबस्थामा मोटरसाईकल अनियन्त्रित भइ रतुवा पुल नजिक सेतेभिरमा दुघैटनामा परेको प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले जानकारी दिए ।
सडकबाट अन्दाजी करिव एक सय मिटर तल झर्दा टाउकोमा चोट देखिएको थियो । घटनामा सक्त घाइते भएका वडा सदस्य राईलाई उपचारको लागी झापाको बिएण्डसी अस्पतालमा निधन भएको बताइएको छ ।
शब हाल बिएण्डसी अस्पतालको शबगृहमा राखिएको बताइएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार