इलाममा एकै दिनमा एक सय तीन संक्रमित थपिए


सेवारो खबर  168 पटक हेरिएको

इलामः सोमबार एकै दिन इलाममा एक सय तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । निषेधाज्ञा प्रभावहीन बन्दा पछिल्लो समय जिल्लामा कोराना संक्रमणको दर बढ्दै गएको हो ।

साउन ७ गतेसम्मका लागि निषेधाज्ञा जारी भएपनि सबै क्षेत्र खुल्ला बन्दै गएको छ । यातायात, बजार, पसल दैनिक खुल्दै गएका छन् ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको तथ्याङ्क अनुसार रोङ गाउँपालिकामा २९, सूर्योदय नगरपालिकामा २८, इलाम नगरपालिकामा २३, माइ नगरपालिकामा १८, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा २/२ जना र माइजोगमाई गाउँपालिकामा एक जना संक्रमित भएका छन् ।

पछिल्ला दिनमा निरन्तर बढ्दै गएको जिल्लामा संक्रमितको संख्या दुई हजार छ सय २६ जना पुगेको छ । संक्रमित मध्ये एक हजार नौ सय एक जना संक्रमण मुक्त भएका छन् ।

अहिलेसम्मको तथ्याङ्कलाई हेर्दा सबै भन्दा बढि इलाम नगरपालिकामा ८ सय ३०, सूर्योदय नगरपालिकामा तीन सय ३०, माङ्सेबुङ गाउँपालिकामा २ सय १७, रोङ गाउँपालिकामा २ सय एक, माई नगरपालिकामा एक सय ९८, माइजोगमाई गाउँपालिकामा एक सय ५०, चुलाचुली गाउँपालिकामा ८४, देउमाई नगरपालिकामा ६९, फाकफोकथुममा ५३ र सन्दकपुर गाउँपालिकामा ५० जना संक्रमित भएको तथ्याङ्क छ ।

यस्तै संक्रमणबाट जिल्लामा ५८ जनाको निधन भएको छ । निधन हुँनेमा सूर्योदय नगरपालिकामा १८, इलाम नगरपालिकामा १३, चुलाचुली गाउँपालिकामा ११, माङ्सेबुङमा ५, माइजोमाईमा ४, माइ नगरपालिकामा ३, रोङ गाउँपालिका र देउमाई नगरपालिकामा २/२ रहेका जना छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार