इलाममा घर जल्दा ४४ लाख बढिको क्षति


सेवारो खबर  257 पटक हेरिएको

इलामः इलाम नगरपालिका वडा नम्बर एक किटिडाँडा साँखेजुङमा मंगलबार साँझ ५ बजे एक घर जल्दा ४४ लाख बढिको क्षति भएको छ । स्थानीय तेजबहादुर गुरूको टिनको छाना पक्की बेरा भएको तीन तले घर जल्दा ४४ लाख ७४ हजार चार सयको क्षति भएको प्रहरीले जनाएको छ ।

विद्युत सर्ट भई भएको आगलागी आधा घण्टा पछि मात्र नियन्त्रणमा आएको थियो । आगलागीले मानवीय क्षति नभएपनि घर र घरका सामग्री जलेर नष्ट भएको प्रहरी नायब उपरिक्षक गंगाबहादुर थापाले जानकारी गराए ।

उनका अनुसार आगलागी भएको सूचना पाउँने बितिकै अस्थाई प्रहरी पोष्ट नेपालटारबाट प्रहरी हावल्दारको कमाण्डमा र प्रहरी चौकी रक्सेबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी, दमकल र स्थानीयको सहयोगमा नियन्त्रण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार