माइजोगमाईमा एक सय ५० गाँजाको बोट नष्ट


सेवारो खबर  411 पटक हेरिएको


इलामः माइजोगमाई गाउँपालिका-३ गुप्तीमा मंगलबार प्रहरीले एक सय ५० बोट गाँजा नष्ट गरेको छ । गुप्ती स्थित पाखाबारी र सार्वजनिक जग्गामा उम्रिएको गाँजाको बोटहरु फडानी गरी नष्ट गरेको जनकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयसँगै मातहत प्रहरी कार्यालयले प्राकृतिक रूपमा मानिसको पाखाबारी तथा सार्वजनिक जग्गामा उम्रिएको गाँजाका बोट नष्ट गर्ने काम गरेको बताइएको छ ।

प्रहरीले इलाममा गाँजा खेती फडानी अभियान शुरु गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार