एक नम्बर प्रदेशमा ७ हजार तीन सय बढी मुद्धा, ४० करोड राजश्व


सेवारो खबर  171 पटक हेरिएको


मोरङ: एक नम्बर प्रदेशमा गएको आर्थिक वर्षमा सात हजार तीन सय ८४ मुद्धा परेका छन् ।

प्रदेश प्रहरी कार्यालय विराटनगरले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कमा विभिन्न आपराधिक घटना, भन्सार चोरी निकासी, नदिजन्य पदार्थको अवैध दोहन, अवैध काठ तस्करी, ट्राफिक उलंघन लगायतको मुद्धा दर्ता भएका छन् ।

२०७७ साल श्रावण देखी २०७८ असार मसान्त सम्ममा बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका ७ सय ४३ जना फरार पक्राउ परेका छन् । उनिहरुको ७ सय ३५ बर्ष कैद भुक्तान हुँने भएको छ ।

तीन हजार पाँच सय १६ ग्राम ब्राउन सुगर, १७ सय ८९ केजी गाँजा, मनोद्धिपक क्याप्सुल ५० हजार २ सय ५५ ट्याब्लेट, मनोद्धिपक सुई १० हजार ३ सय ५८ एम्पुल, बिभिन्न किसिमका मनोद्धिपक औषधीहरु २ हजार ४ सय ८३ ट्याब्लेट बरामद भएको छ ।

२ हजार ४ सय २३ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख ७६ हजार ८ सय ६३ गाँजाका बोट नष्ट गरिएको छ । भन्सार चोरी निकाशी तर्फ अबैध रूपमा समान चोरी निकाशी गर्ने एक सय ९० जना पक्राउ परेका छन् ।

नदिजन्य पदार्थको अबैध रूपमा दोहन गर्ने एक सय ७० जना र ७ सय ८५ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गरिएको छ ।

बैध काठ चोरी निकासी गर्ने ७० जना पक्राउ पर्दा तीन हजार दुइ सय ६१ क्यूफिट काठ बरामद गरिएको छ । ट्राफिक नियम उलंघन गर्ने २ लाख ५४ हजार ३ सय ९४ वटा सवारी साधनलाई कारबाहीमा परेका छन् ।

४० करोड बढि राजश्व संकलन

प्रदेशमा प्रहरीले ४० करोड बढी राजश्व संकलन गरेको छ । प्रहरी कारबाहीका गरेर प्रहरीले ४० करोड ७८ लाख ४२ हजार तीन सय १७ राजश्व संकलन गरेको तथ्याङ्क छ ।

प्रतिवादी पक्राउ गरी ७ सय ३५ बर्ष कैद भुक्तान भई, ४ करोड ४३ लाख ५८ हजार ९ सय २७ रुपैयाँ राजश्व संकलन भएको छ ।

भन्सार चोरी निकाशी तर्फ अबैध रूपमा समान चोरी निकाशीको नाममा १९ करोड ०१ लाख ५८ हजार २१२ रुपैयाँ राजश्व संकलन भएको तथ्याङ्क छ ।

यस्तै नदिजन्य पदार्थको अबैध रुपमा दोहन शिर्षकमा ६५ लाख ७५ हजार तीन सय, अबैध काठ चोरी निकासीबाट ७० लाख ३८ हजार ७ सय ८७ रुपैयाँ, ट्राफिक नियम उलंघनका तर्फबाट १५ करोड ९७ लाख ११ हजार राजश्व संकलन भएको तथ्याङ्कमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार