इलाममा एकै दिनमा एक सय २१ जना कोरोना संक्रमित भेटिए


सेवारो खबर  175 पटक हेरिएको


इलामः इलाममा एक सय २१ जना कोरोना संक्रमित भएका छन् । शुक्रबार (आज) जिल्लामा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमितको तथ्याङ्क सार्वजनिक भएको हो ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा रोङ्ग गाउँपालिकामा ५७ जना संक्रमित छन् । इलाम नगरपालिकामा २६ जना संक्रमित थपिए ।

सूर्योदय र देउमाई नगरपालिकामा १४÷१४ जना संक्रमित भएको तथ्याङ्क छ । माई नगरपालिकामा ६, माइजोगमाई गाउँपालिकामा ३ जना र फाकफोकथुम गाउँपालिकामा एक जना संक्रमित भएका छन् ।

जिल्लामा संक्रमितको संख्या दुई हजार ९ सय २३ पुगेको छ ।

कोरोनाले ६४ जनाको ज्यान गयो

जिल्लामा कोरोनाले ६४ जनाको ज्यान गएको छ । सबै भन्दा बढी २० जनाले सूर्योदय नगरपालिकामा ज्यान गुमाएका छन् । इलाम नगरपालिकामा १५, चुलाचुली गाउँपालिकामा ११ जनाको निधन भएको छ ।

माङ्सेबुङ गाउँपालिकामा ५, माइ नगरपालिका र माइजोगमाई गाउँपालिकामा ४÷४ जनाको निधन भएको तथ्याङ्क छ । यस्तै रोङ गाउँपालिकामा तीन र देउमाई नगरपालिकामा दुई जनाले ज्यान गुमाएका छन् ।

फाकफोकथुम र सन्दकपुर गाउँपालिकामा कोरोनाले निधन भएको तथ्याङ्क छैन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार