बिषालु च्याउ खाँदा २ जनाको ज्यान गयाे


सेवारो खबर  350 पटक हेरिएको

इलाम:बिषालु च्याउ खाएर फाकफोकथुममा दुई आज शुक्रबार जनाकाे ज्यान गएकाे छ । ज्यान जानेमा १ नम्बर वडा लुङ्सुङदानका ५१ बर्षिय लेखबहादुर लिम्बु र उनका छोरा १३ बर्षिय दिवश लिम्बुको ज्यान गएको हो । उनिहरुकाे उपचारकाे क्रममा नोबल मेडिकल कलेज विराटनगरमा निधन भएकाे बताइएकाे छ ।

बुधबार विहान जंगलबाट ल्याएको च्याउ खाँदा बेहोस भएका दुवै जनालाई उपचारको लागि नोबल मेडिकल कलेज विराटनगरमा लगिएको थियो ।

उपचार सम्भव नभएपछि घर ल्याउने क्रममा लेखबहादुरको विहिबार अपराहन्न ११ बजे र दिवसको राती मृत्यु भएको  स्थानीय प्रहरीले जानकारी दिएकाे छ ।

परिवारमा मृतक लेखबहादुर छोरा दिवसले मात्र च्याउ खाएका थिए । श्रीमती र बुहारीले भने मासु पकाएर खाएको बताइएकाे छ ।

मृतक दुवै जनाको आज सामुहिक दाहसंस्कार गरिएको जनाइएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार