माई नगरपालिकामा अपाङ्गता भएका ब्याक्तिलाई सहायक सामग्री, अस्पताललाई भिडियो एक्सरे मेसिन


सेवारो खबर  199 पटक हेरिएको

इलामः माई नगरपालिकामा अपाङ्गता भएका ब्याक्तिलाई सहायक सामग्री दिइएको छ । हेरचाहका लागि उत्पे्ररण कार्यक्रम अन्तर्गत नगरपालिकाले आयोजना गरेको कार्यक्रममा ५४ जनलाई सहायक सामग्री दिएको हो ।

अपाङ्गता भएका माई नगर ११ जनालाई व्हील चियर, तीन जनालाई बैशाखी दिइएको छ । १६ जनालाई श्रवण यन्त्र, ११ जनालाई टुवाईलेट चियर, दुई जनालाई वाकर, दुई जनालाई सेतो छडी र आठ जनालाई वाकिङ्ग छडी दिइएको स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिए ।

कार्यक्रमले चार बर्षदेखि नगरका अपाङ्गता भएका ब्याक्तिलाई सहायक सामग्री बितरण लगायत बिभिन्न सहयोग प्रदान गदै आएको छ ।
नगर स्तरीय अपाङ्गता समन्वय समितिको संयोजक तथा माईका उप प्रमुख बिष्णुमाया रिमाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख दिपककुमार थेबेले सहायता सामग्री हस्तान्तरण गरे ।

सामग्री बितरण कार्यक्रममा नगर प्रमुख थेबेले अपाङ्गता भएका ब्याक्तिका लागि स्वास्थ्य बिमा कार्यक्रम, घरैमा सिबिआरएफ मार्फत थेरापी कार्यक्रम सञ्चालन गरिने बताए । उनले अपाङ्गता भएकालाई सिप विकाससँगै आयआर्जनमा सहयोग, शैक्षिक सामाग्री, उद्यमशिलता प्रोत्साहान गरिने जानकरी गराए ।

सामग्री बितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिष्णुकुमार थेगुवा, नगर स्तरीय अपाङ्गता स्वावलम्बन समितिका अध्यक्ष यदुनाथ दुलाल, स्वास्थ्य संयोजक पुष्कर कट्टेल, मेडिकल अधिकृत रामकृष्ण आचार्य लगायतको सहभागिता थियो । प्रशासन शाखा प्रमुख नविनकुमार पौड्यालले कार्यक्रमको सञ्चालन गरेका थिए ।

नगर अस्पतालाई भिडियो एक्सरे मेसिन : सानिमा माई हाईड्रोपाबर लिमिटेडले नगर अस्ताललाई भिडियो एक्सरे मेसिन प्रदान गरेको छ । शुक्रबार हाईड्रोपाबरले पाँच लाख बराबरको मेसिन दिएको हो ।

नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न सहज हुने गरि नगर प्रमुख दिपककुमार थेबेलाई सानिमाले मेसिन प्रदान गरेको सानिमा माई हाइड्रोपावरका दलबहादुर मगरले जानकारी दिए ।

नगरपालिकाले सञ्चालनमा ल्याएको १५ वेडको नगर अस्पताललाई भिडियो एक्सरे मेसिन प्राप्त गरेपछि स्थानीय नागरिकले सहज स्वास्थ्य सेवा पाउने नगर प्रमुख थेबेले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार