जिल्लाको निषेधाज्ञा थप कडा, बजार पसल पूर्ण रूपमा बन्द रहने


सेवारो खबर  280 पटक हेरिएको


इलामः कोरोना संक्रमण दर बढन थालेपछि जिल्लाको निषेधाज्ञा थप कडाइ गरिएको छ । साउन लागेसँगै केही खुकुलो निषेधाज्ञा साउन १५ सम्म पुनः कडाइ बनाइएको छ ।

आइतबार आदेश पत्र जारी गर्दै प्रमुख जिल्ला अधिकारी ध्रबबहादुर खड्काले इलाम सदरमुकाम सहित जिल्लाका मुख्य बजार पसल पूणर् रूपमा बन्द रहने जनाएका छन् ।

जारी आदेशमा जिल्लाका मुख्य बजार कोल्बुङ, हर्कटे, कुटिँडाँडा, कन्याम, फिक्कल, पशुपतिनगर, आइतबारे, तीनघरे, जौबारी, राजदुवाली, गोलाखर्क भञ्ज्याङ, तिल्केनी, इलाम जीरो किलोमिटर, इलाम बजार, धोबीधारा, चुरेघाँटी, बिल्याँटे, पुवाखोला बजार, नेपालटार, गाग्रेभन्ज्याङ, मंगलबारे, गजुरमुखी, जीतपुरे, नवमी बजार, बाघखोर, देउराली, सितलीबजार, दानाबारी चिसापानीका बजार पसल बन्द रहने जनाइएको छ ।

औषधी पसललाई भने खुल्ला रहने छ । तरकारी, खाद्यान्न र फलफूल पसल बिहान ११ बजेसम्म खुला गरिएको आदेशमा छ ।

आदेशमा इलाम बजार भित्रने सवारी साधनलाई जिरो किलोमिटर र धोबिधारामै घर भन्दा ५० मिटर टाढा पार्किङ गर्नुपर्ने छ । प्रत्येक सवारी कम्तिमा पाँच मिटरको दुरीको फरकमा रोक्न भनिएको छ । अन्य बजारमा सवारी रोक्न, मानिस चढाउन र ओराल्न निषेध गरिएको छ ।

यस अघि इलाम नगरपालिकाको कार्यपालिका बैठकले इलाम नगरपालिकामा निषेधाज्ञा गर्न सिफारिस गरेको थियो ।
कोभिड संक्रमण बढेको भन्दै त्यसको नियन्त्रणका लागि नगरकार्यपालिकाले निषेधाज्ञाको सिफारिस पठाएको हो ।

इलाममा दोस्रो चरणको संक्रमणबाट ती हजार ३५ संक्रमित भइसकेका छन् । दुई हजार एक सय २० जना निको भएको तथ्याङ्क छ । ६६ जनाको निधन भएको जनाइको छ ।

यस्तै आठ सय ३१ होम आइसोलेशनमा, १३ जना सामान्य उपचारमा, ५ जना आइसियुमा रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार