साउन १२ गतेदेखि जिल्लामा कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ । जिल्ला भरी खोप कार्यक्रम सञ्चालन गर्न कार्यतालिका समेत सार्वजनिक भएको छ ।
विश्वविद्यालय, विद्यालयका शिक्षक, कर्मचारी, सार्वजनिक सवारीका चालक सहचालक र नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत यसअघि खोप लगाउन छुटेका व्यक्त्तिलाई खोप दिइने छ ।
यस्तै ५५ वर्षभन्दा माथि उमेर समूहका सबैलाई खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
चुलाचुली, माई, माङसेबुङ, देउमाई, फाकफोकथुम र इलाम अस्पतालमा साउन १२ गतेदखि १४ गतेसम्म भेरोसेल खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै, इलाम, सूर्योदय, रोङ, सन्दकपुर र माइजेगमाईमा साउन १७ गतेदेखि तीन दिन भेरोसेल खोप दिइने छ ।
चुलाचुली, माई, माङसेबुङ, देउमाई, फाकफोकथुम र इलाम अस्पतालमा साउन १७ गतेदेखि तीन दिन जोन्सनको खोप लगाइने छ ।
सूर्योदय नगरपालिका, रोङ, सन्दकपुर र माइजेगमाई गाउँपालिकामा साउन २४ गतेदेखि तीन दिन जोन्सनको खोप दिइने बताइएको छ ।
जोन्सनको खोप भने ५० देखि ५५ वर्ष उमेर समूहका पहिलो डोज नलगाएका, पूणर् र अति अशक्त्त अपाङ्ग भएका नागरिकलाई दिइने छ ।
हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई खोप अनिवार्य गरेको देशमा जाने नेपाली र स्वास्थ्य सरसफाइमा कार्यरतहरुलाई जोन्सनको खोप दिइने जनाएको छ ।
खोप कार्यक्रम सञ्चालन गर्न २२ हजार डोन भेरोसेल इलाम आइपुगेको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन बिमल बरालले बताए उनका अनुसार जोन्सनको भने भण्डारण समस्याका कारण इलाम आउन बाँकी रहेको छ ।