कोरोना भाइरस विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्न देउमाई नगरपालिकाले खोप केन्द्र सहितको कार्यतालिका सार्वजनिक


सेवारो खबर  132 पटक हेरिएको

इलामः साउन १२ गते मंगलबार देखि कोरोना भाइरस विरुद्धको खोप लगाइने कार्यक्रमको देउमाई नगरपालिकाले खोप केन्द्र सहितको कार्यतालिका सार्वजनिक गरेको छ । इलाममा साउन १२ गतेदेखि १४ सम्म जिल्ला भरी खोप कार्यक्रम सञ्चालन भई रहेको छ ।


नगरपालिकाले जारी गरेको सूचनामा बिहान ११ बजेदेखि ०४ बजेसम्म आ-आफ्नै वडाको स्वाथ्य चौकीलाई खोप केन्द्र तोकेको छ ।
नगरपालिकाको वडा नम्बर ०१ को चमैता स्वाथ्य चौकी, वडा नम्बर ०२ को शहरी स्वाथ्य केन्द्र साब्जुङ, वडा नम्बर ०३ र ०४ का लागि प्राथमिक स्वाथ्य केन्द्र मंगलबारेलाई तोकेको छ । यस्तै वडा नम्बर ०५ को स्वाथ्य चौकी धुसेनी, वडा नम्बर ०३ र ०६ को स्वाथ्य चौकी शान्तिडाँडामा खोप लगाइने छ ।

वडा नम्बर ०७ को स्वाथ्य चौकी सिद्धिथुम्का, वडा नम्बर ०८ को शहरी स्वाथ्य केन्द्र बुद्ध चोक र वडा नम्बर ०९ को स्वाथ्य चौकी जीतपुरमा खोप लगाइने सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार