इलाममा कोराना संक्रमित ६८ जनाकाे दुखद निधन, संक्रमित मध्ये दुई हजार दुई सय छ जना निकाे


सेवारो खबर  280 पटक हेरिएको

इलाम: कोभिड-१९  कोराेना भाइरसकाे संक्रमणले इलाममा मंगलबारसम्ममा ६८ जनाकाे दुखद निधन भएकाे छ ।  आज ९३ मा कोरोना पुष्टि हुँदा तीन हजार दुई सय १८ जना संक्रमितको संख्या पुगेको तथ्याङ्क छ ।

संक्रमित मध्ये दुई हजार दुई सय छ जना निकाे भएका छन् ।

हालसम्ममा सूर्योदय नगरपालिकामा २०, इलाम नगरपालिकामा १८, चुलाचुली गाउँपालिकामा ११, माङ्सेबुङ र माइजोगमाई गाउँपालिकामा ५/५ जनाकाे निधन भएकाे जिल्ला प्रशासन कार्यालयले जारी गरेको तथ्याङ्कमा उल्लेख छ । यस्तै माई नगरपालिकामा ४, रोङ गाउँपालिकामा ३, देउमाई नगरपालिकामा २, जनाकाे मृत्यू भएकाे छ । फाकफोकथुम र सन्दकपुर गाउँपालिकामा कोराेनाको प्रभाव अरु पालिका भन्दा कम देखिएको छ ।

मंगलबार थपिएको सक्रमितमा इलाम नगरपालिकामा २६ ,सूर्योदय नगरपालिकामा १८ जना,माई नगरपालिकामा १२ जना,माईजोगमाई र देउमाई नगरपालिकामा १०/१० जना,फाकफोथुम गाउँपालिकामा ९ जना, रोङ गाउँपालिकामा ७ जना र सन्दकपुर गाउँपालिकामा १ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यलय इलामले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार