कोरोना संक्रमण देखिएपछि बागवानी संकायको विधार्थी आन्दोलन स्थगित 


सरिता राई  263 पटक हेरिएको

इलाम: विभिन्न माग राख्दै आन्दोलनरत महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका बागबानी संकायका बिधार्थिको आन्दोलन स्थगित भएकाे छ । कोभिड १९ कोरोना भइरसकाे महामारी थप नफैलियोस भनेर आन्दोलन स्थगित गरिएकाे हाे ।

क्याम्पसका प्राध्यापकहरुमा कोरोना संक्रमण देखिएपछी रचनात्मक रुपमा भइरहेकाे आन्दोलन स्थगित गरेको संघर्ष समितिका अध्यक्ष किशोर आचार्यले जानकारी गराए ।

असार १३ गते पहिलो पटक बिद्यार्थीहरु आन्दोलनमा उत्रीएका थिए।

मापदण्ड पुगेका कृषि सेवा समुह बागबानी कृषि प्रसार बाली संरक्षण बाली विज्ञान माटो विज्ञानमा लोकसेवा सुनिश्चित हुनुपर्ने ,मापदण्ड पुगेका सबै विषयमा विश्वविद्यालयबाट स्नातकोतर एग्रीकल्चर गर्न पाउनुपर्ने लगायतका माग राखेर  क्याम्पस प्रमुख डिएन फुयेल ,संघर्ष समितिका अध्यक्ष किशोर आचार्य, उपाध्यक्ष एलिजा घिमिरे, सचिव महिमा गौतम गौतम लगायतको टोलि काठमाडौ पुगेपनि माग पुरा नभएपछि सर्घसमा उत्रनु परेकाे विद्यार्थीले बताए ।

“अहिले कोरोनाका कारण रोकिएको आन्दोलन वातावरण सहज भएपछी निरन्तर गर्ने ” समितिका उपाध्यक्ष एलिजा घिमिरेले बताइन् ।

लोकसेवा आयोग, कृषि मन्त्रालय ,त्रिभुवन विश्वविद्यालय बाट भने केहि समय मागे पनि मागकाे बिषयमा संवेदनशिल नभएकाे बताउँछन् ।

देशका विभिन्न भेगबाट पढन आएका विधार्थी यति बेला अन्योलमा परेका छन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार