इलामः इलाममा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण सबै भन्दा बढी युवामा देखिएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार १९ देखि ४० वर्षका युवामा संक्रमण अत्याधिक देखिएको छ ।
भाइरसको दोस्रो लहरले आज बुधबारसम्ममा १ देखि १८ वर्षको चार सय ६३ संक्रमित भएका छन् । यसमा दुई सय ४२ महिला र दुई सय २१ पुरुष रहेका छन् ।
१९ देखि ४० वर्षको उमेर समूहका संक्रमित सबै भन्दा बढी रहेका छन् । यस उमेर समूहमा एक हजार ६ सय ६२ जनामा संक्रमण देखिएको छ । यसमा सात सय ६७ जना महिला र आठ सय ९५ जना पुरुष संक्रमित भएको तथ्याङ्क छ ।
४१ देखि ६० उमेर समूहमा आठ सय ४८ जना संक्रमित भएको देखिन्छ । यसमा तीन सय ५२ महिला र चार सय ९६ पुरुष रहेका छन् ।
६१ देखि ८० उमेर समूहका दुई सय ७२ जना संक्रमित छन् । यसमा एक सय ११ महिला र एक सय ६१ पुरुष छन् ।
८० देखि माथिका उमेर समूहमा तीन जना संक्रमित भेटिएको तथ्याङ्क छ । यसमा नौ महिला र २१ पुरुष छन् ।
लिङ्गको आधारमा हेर्ने हो भने तीन सय १३ जना बढी पुरुष संक्रमित देखिएका छन् । यसमा १४ सय ८१ महिला र १७ सय ९४ पुरुष छन् ।
जिल्लामा बुधबार थप ५७ जनामा कोरोना देखिएको छ । यसमा इलाम नगरपालिकाका ३४ जना, सूर्योदय नगरपालिकामा १४ जना, सन्दकपुर गाउँपालिकामा ५ जना, देउमाई नगरपालिकामा ३ जना र फाकफोथुम गाउँपालिकामा १ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यलय इलामले जनाएको छ ।
संक्रमित मध्ये ९ सय ३४ जना होम आइशोलेशनमा रहेका छन् । १३ जना सामान्य उपचारमा र ९ जनाको आइसियुमा उपचार भइरहेको छ । आज थपिएका सगैँ इलाममा संक्रमितको कुल संख्या तीन हजार दुाई सय ७५ पुगेको छ ।
कोभिड-१९ कोराेना भाइरसकाे संक्रमणले बुधबारसम्ममा ६८ जनाकाे दुखद निधन भएकाे छ ।
सूर्योदय नगरपालिकामा २०, इलाम नगरपालिकामा १८, चुलाचुली गाउँपालिकामा ११, माङ्सेबुङ र माइजोगमाई गाउँपालिकामा ५/५ जनाकाे निधन भएकाे जिल्ला प्रशासन कार्यालयले जारी गरेको तथ्याङ्कमा उल्लेख छ । यस्तै माई नगरपालिकामा ४, रोङ गाउँपालिकामा ३, देउमाई नगरपालिकामा २, जनाकाे मृत्यू भएकाे छ ।