पहिरो बिस्थापित परिवारका बालबालिकालाई राहत


सरिता राई  213 पटक हेरिएको

पाँचथरः फिदिम नगरपालिका १ कात्तिके र मालबाँसे क्षेत्रका पहिरो बिस्थापित परिवारका बालबालिकालाई राहत दिइएको छ । मानब अधिकार मञ्च नेपाल इलाम बाल हेल्पलाइन १०९८ (दशनौआठ) ले शुक्रबार (आज) राहत प्रदान गरेको हो ।

पहिरोले बिस्थापित छ घर परिवारका १२ जना बालबालिकालाई राहत प्रदान गरेको मानव अधिकार मञ्च नेपाल इलामले जनाएको छ ।

बिस्थापित परिवारका बालबालिकालार्ई खाद्यान्न सहित, मास्क, सेनिटाइजर, साबुन लगायतका स्वास्थ्य सामग्री दिइएको मञ्चका बाल हेल्पलाइन प्रमुख भक्तबहादुर थामीले जानकारी गराए ।

गएको साउन ५ गतेदेखि परेको अबिरल वर्षाका कारण विस्थापित भएका परिवारका बालबालिकाको खानपान र पालन पोषणमा खाद्यान्नको अभाव भएको भनि सहयोगको लागि अनुरोध भएको हुँदा बालबालिकालाई लाभान्वित हुनेगरी खाद्यान्न सामग्री सहयोग गरिएको बाल हेल्पलाइन घटना व्यवस्थापन अधिकृत मनकुमार बराइलीले बताए ।

चार हजार पाँच सय बराबरको खाद्यान्न सामग्री वडाध्यक्ष गजाधर भट्टराई, वडा सदस्य बालानन्द अधिकारी मार्फत बिस्थापित परिवारका बालबालिकालाई बाल हेल्पलाईन प्रमुख भक्तबहादुर थामी, घटना व्यवस्थापन अधिकृत मनकुमार बराईलीले हस्तान्तरण गरे ।

के हो ? बाल हेल्पलाइन १०९८ (दश-नौ-आठ): बाल हेल्पलाइन बालबालिकालाई कुनै पनि समस्या परेमो बेला तुरुन्त सहयोग तथा सल्लह दिने ठाउँ हो । बाल हेल्पलाइनले बालालिकालाई सहयोग गर्न आपतकालिन पैसा नलाग्ने फोन १०९८(दश-नौ-आठ) संचालन गर्दछ ।

कस्तो समस्या भए १०९८ (दस-नौ-आठ)मा फोन गनु पर्दछ ?: घर, स्कुल वा कतै कसैले नराम्रोसग गाली, शारिरीक दुव्यवहार , कुटपीट, बालबालिकालाई वेवास्ता, कुनै पनि किसिमको भेदभाव, हेप्ने वा हेपनइ, यौन दुव्य‌वहार तथा यौनशोषण, बालबालिकाको बेचविखन तथा ओसारपसार, बालश्रमशोषण, बालबालिका हराएमा, बेवारिसे वा अलपत्र फेला परेमा गरेमा, विधालय तथा संस्थाभित्र सजाय, इन्टरनेट अनलाइनमा दुव्यवहार गरेमा, वा कुनै पनि प्रकारले बालअधिकार उल्लंघन भएमा १०९८ (दस-नौ-आठ)मा फोन गनु पर्दछ ।
बाल हेल्पलाइन १०९८ ले के के गर्दछ ?: आपतकालिन पैसा नलाग्न फोन १०९८ (दश-नौ-आठ) मन बालबालिकाले राखेको समस्या सुन्छ ।
जोखिममा परेका बनलबालिकाको उद्दार, तत्कनलिन सहयोग र संरक्षण गर्दछ । टेलिफोनबाट मनोसामाजिक विमश गर्दछ । समस्यामा परेका बालबालिकालाई कानूनी सहयोग गर्दछ । उद्दार गरिएका विरामी बालबालिकाको प्राथमिक तथा स्वास्थ्य उपचारमा सहयोग गर्दछ ।
परिवार एवं समाजको कारण समस्यमा परेका बालबालिकालाई आफनो परिवार र समाजमा बस्न सक्ने वातावरण बनाउन मद्दत गर्दछ ।
हराएका बालबालिकाको खोजी तथा फेला परेका बालबालिकाको परिवारको गर्न मद्दत गर्दछ । बालअधिकार उल्लङघनका घटनाको स्थलगत अनुगमन गर्दछ । बालबालिकाको संरक्षणका लागि सरकार , संघ-संस्था ,परिवार,विदालय, बालक्लबहरूसँग मिलेर काम गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार