कोरोना भाइरसले आइतबार इलाममा चार जनाको निधन


सेवारो खबर  141 पटक हेरिएको

इलाम: कोभिड-१९ कोरोना भाइरसले आइतबार इलाममा चार जनाको निधन भएकाे छ । जिल्लामा संक्रमणका कारण  एकै दिन चार जनाको निधन भएकाे पहिलाे हो ।

मृत्यु हुनेमा इलाम नगरपालिकाको ४१ र ४३ वर्षका दुई महिला, रोङ गाउपालिका वडा नम्बर–३ का एक पुरुष र माङसेबुङ्ग गाउँपालिका वडा नम्बर–४ की ६५ वर्षकी महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयकाे तथ्याङ्कमा  उल्लेख छ ।

एकै दिन चार जनाको निधनभएपछि इलाममा भोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।

आज इलाममा ७६ जनामा संक्रमण पुष्टि भएको छ । इलाम नगरपालिकामा १८ महिला र २९ पुरुष गरी ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सर्योदय नगरपालिकामा ६ महिला र नौ पुरुष गरेर १५ जना,  देउमाई नगरपालिकामा चार महिला र तीन पुरुष गरी सात जनामा भाइरसको संक्रमित भएका छन् ।

माइजोगमाई गाउँपालिकामा तीन महिला र दुई पुरुष गरेर पाँच जना, फाकफोकथुममा एक पुरुष र सन्दकपुर गाउँपालिकामा एक पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको अध्यावधिक तथ्याङ्कमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार