निषेधाज्ञा थप कडाई खाद्यान्न पसल समेत बन्द हुँने


सेवारो खबर  189 पटक हेरिएको

इलाम: इलाममा आउँदो २५ गतेसम्मको निषेधाज्ञा थप कडाई गरिएको छ ।  खाद्यान्न पसलसमेत बन्द हुने जिल्गला प्रशासन कार्यालयले जारी गरेको आदेशमा उल्लेख छ ।

जिल्लामा कोराना संक्रमण र मृत्युदर बढेपछि प्रमुख जिल्ला अधिकारीले भोलि १९ गतेदेखि लागू हुनेगरी निषेधाज्ञामा कडाईको आदेश जारी गरेको हाे ।

निजी तथा सार्वजनिक यातायातका साधन, पसल, बजार सबै बन्द गर्ने प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले सोमबार आदेश जारी गर्दै जनकारी गराएका हुन् । उनले आउँदो २५ गतेसम्म औषधि पसलबाहेक सबै बन्द रहने भएकाले ७ दिनलाई पुग्ने खाद्यान्नसमेत जोहो गर्न समेत सबैलाई अनुरोध गरेका छन् ।

यसअघि तरकारी, फलफूल र खाद्य सामग्रीका पसललाई निश्चित समय तोकेर खुल्दै आएको थियो । तर, आज सोमबार जारी आदेशमा तरकारी, फलफूल र दूध विक्री गर्ने पसललाई बिहान ५ देखि साढे ७ बजेसम्ममात्र खुला रहन दिने भनिएको छ । तर, खाद्यान्न पसल समेत खुला नहरने आदेश जारी छ ।

प्रशासनले जारी गरेको आदेशमा मेची राजमार्गबाहेक जिल्लाका सबै क्षेत्रमा यातायातका साधन चलाउने नपाइने, खोपकेन्द्र जाँदा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने, सार्वजनिक निकाय, संस्थान तथा कार्यालयले प्रदान गर्ने अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने उल्लेख छ । निजी बैंक, वित्तीय संस्था र सेवासमेत हाललाई स्थगित गरिएको छ । परीक्षार्थीले परीक्षा दिन जाँदा सोझै परीक्षा केन्द्रसम्म र घरसम्म फर्किनेबाहेक अन्यत्र हिँडडुल गर्न बन्द गरिएको प्रशासनले जनाएको छ ।

जिल्लामा ७५ जनाको निधन भइसकेको  छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार