दबाव सिर्जना गर्न इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा हर्टिकल्चरका विद्यार्थीले लगाए ताला


सेवारो खबर  174 पटक हेरिएको

इलाम: महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको ‘बिएस्सी इन हर्टिकल्चरका’ विद्यार्थीहरुले सोमबार क्याम्पसमा ताला बन्दी गरेका छन् । उनिहरूले प्रमुख, उपप्रमुख र बागबानी विभागको प्रमुखको कार्यकक्षमा ताला लगाएका छन् ।

मागलाई प्रभावकारी बनाउँदै दबाव सिर्जना गर्न क्याम्पसमा ताला लगाएको बागबानी सर्घष समितिले जानकारी दिए । उनिहरूले यो विषय इलाम र जिल्लाका अन्य सरोकारवालाको पनि महत्वपूणर् विषय भएकाले समस्या समाधानमा सबैले सहयोग गर्न समेत आग्रह गरेका छन् ।

आफूहरूले अध्ययन गरेको बिषयलाई लोकसेवा आयोगको सुनिश्चिता हुनुपर्ने । माथिल्लो तह स्नातकोत्तर अध्ययन गर्न पाउनु पर्ने माग गर्दै समस्याको विषयमा सरोकारवालाको ध्यानाकर्षण गर्न तालाबन्दी गरेको बागवानी सर्घष समितिका अध्यक्ष किशोर आचार्यले जानकारी दिए ।

विद्यार्थीको मागका विषयमा क्याम्पस प्रमुख दिलनाथ फूएँलले विद्यार्थीहरूको माग हाम्रो पनि माग हो । आन्दोलन हाम्रो पनि आन्दोलन हो । हामी विद्यार्थीहरूसँगसँगै छौं । उनले भने ‘विश्व विद्यालय, यसको केन्द्रीय विभाग, लोक सेवा आयोग र विभागीय मन्त्रालयले काम गर्नुपर्छ । अन्य सरोकारवालाले काम नगरेर समस्या आएको हो । तर, क्याम्पसले विद्यार्थीको समस्या समाधानको विषयमा कुनै कन्ञ्जुस्याँन गरेका छैनौं ।’

पाँच वर्षदेखि निरन्तर आन्दोलन:बिएस्सी इन हर्टिकल्चरका विद्यार्थी पाँच वर्षदेखि निरन्तर आन्दोलनमा छन् । निरन्तर आन्दोलन गर्दा समेत विद्यार्थीको माग पुरा हुनको साटो कतैबाट सुनुवाई समेत हुन सकेको छैन ।

लोक सेवा आयोगको परीक्षामा सहभागी हुन पाउँनु पर्ने र स्नातकोत्तर अध्ययन गर्न पाउनु पर्ने माग राखेर आन्दोलनरत विद्यार्थीका यतिका समय बित्दा पनि मागमा सरोकारवाला गम्भीर हुन नसकेको गुसानो छ ।

अध्यन सकेर लोक सेवा आयोग समेत भिड्न नपाउने भएपछि आफ्नो पैसा मात्रै होइन समयपनि खेर गएको विद्यार्थीको दुखेसो छ । लामो समय देखि निरन्तर आन्दोलन गर्दा समेत आफ्नो माग पूरा नभएपछि विद्यार्थीहरू कृषि मन्त्रालय, त्रिभुवन विश्वविद्यालय देखि लोकसेवा आयोगसम्म समस्या राख्न पुगेका छन् तर समस्या ज्यूँका-त्यूँ भएको विद्यार्थीहरूले बताए ।

पहिलो ब्याजको विद्यार्थी पास आउट भएपनि उनीहरुले लोक सेवा आयोगले गराउने प्रतिष्पर्धामा सहभागी हुँन नपाउँने, अर्को कृषि तथा वन विश्वविद्यालयमा मात्र हर्टिकल्चर विषयमा स्नातकोत्तर गर्न पाउँने थाहा पाएपछि आफूहरूको भविष्य अन्योल हुँने भएकाले २०७२/०७३ देखि विद्यार्थीले दिनहुँजसो आन्दोलन गर्दै आएको संर्घष समितिका अध्यक्ष किशोर आर्चायले बताए ।

पढाइको लागि विद्यार्थीले पाँच लाख ५५ हजार रुपैयाँ बुझाउनुपर्छ । घर आउजाउ, खाना बस्न लगायतका खर्च गरेर १० देखि बाह्र लाख रुपैयाँ खर्च हुने गोर्खा घर भएकी विद्यार्थी महिमा गौतम बताउँछिन् ।

नेपालमा नै नौलो कार्यक्रमको रूपमा बिएस्सी इन हर्टिकल्चर विषयमा पढाई सुरु भएपछि प्राविधिक विषयमा रुची भएका विद्यार्थी इलाम पढ्न आउँने गरेका छन् । क्याम्पसले २०६९ सालदेखि हर्टिकल्चर विषयको पठन पाठन सुरु गरेको हो ।

क्याम्पसमा अहिले एक सय ७ जना विद्यार्थी अध्ययनरत छन् । ति मध्ये २७ विद्यार्थी पास आउट हुने चरणमा छन् । छैठौ, चौथो र दोस्रो सेमेस्टरका विद्यार्थीको पढाइ चलिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार