कुम्मायक गाउँपालिका १ नम्बर वडाले पाँच लाखको पोषण झोला बितरण गर्यो


सेवारो खबर  426 पटक हेरिएको

पाँचथर: कुम्मायक गाउँपालिका १ नम्बर वडाले पाँच लाखको पोषण झोला बितरण गरेको छ । वडा कार्यालयले जेष्ठ नगरिक र सुनौलो हजार दिने आमालाई  पोषण  झोला बितरण गरेको हो ।

वडाका ७५ बर्ष माथिका १ सय ५८ जना जेष्ठ नागरिकलाई सम्मान तथा राहत स्वरुप एक प्याकेट चामल,  तेल २ पोका, नुन २ प्याकेट दिइएको अध्यक्ष देबेन्द्रकुमार लाओतीले जानकारी दिए ।

गाउँपालिका र संघिय सरकारको साझेदारीमा संचालन हुदै आएको बहु क्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत एक सय ४९ जना  हजार दिने आमालाई पोषण झोला बितरण गरिएको छ ।

आमाहरुलाई हलुवा २ प्याकेट, चना २ केजी,  आईडिन युक्त नुन एक केजी,  अण्डा  एक क्यारेट,  दाल एक केजी, आटा एक केजी, सिमि, धनिया, काक्रा फर्सी र भिन्डीको बिउ १/१ प्याकेट बितरण गरिएको गाउँपालिकाका पोषण संयोजक मुना खड्का घिमिरेले जानकारी दिइन् ।

नागरिकलाई सम्मान राहत स्वरुप पोषण युक्त सामग्री दिइएको वडा अध्यक्ष देबेन्द्रकुमार लावतीले बताए । उनले  निषेधाज्ञाकाे समयमा हजार दिने आमाहरुलाई पोषणको कुनै कमि हुन नदिन पाेषण झोलाले सहयोग गर्ने बताए । @www.panchtharfm.comबाट ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार