साउन २२ र २३ गते जोन्सन खोप लगाउँदै इलाम नगरपालिका


सेवारो खबर  145 पटक हेरिएको

इलाम: इलाम नगरपालिकाले दुई दिन जोन्सन एण्ड जोन्सनको खोप लगाउँने भएको छ । नगरपालिकाको सबै वडाको खोप केन्द्रमा साउन २२ र २३ गते ५० देखि ५४ वर्षका सबै नागरिकलाई खाेप दिन लागेको नगर प्रमुख महेश बस्नेतले जानकारी गराए ।

जोन्सनको खोप पनि सीमित मात्र आएकाले मापदण्ड अनुसारका नागरिक, अपाङ्गता भएकामा पूर्ण अपाङ्गता भएका (रातो कार्डवाला) र अति अशक्त आंशिक ( निलो कार्डवाला) तथा विदेश जानका लागि भिसा आएकाहरुलाई मात्र खोप लगाइने बताइएको छ ।

संक्रमणको जोखिम बढ्दै गएकोले खोपको मात्रा सीमित भएकाले तोकिएको वर्गलाईनै खोप अभाव रहेको पनि उनले बताउँदै खोपको व्यवस्था गर्न संघीय सरकारसँग आग्रह गर्ने जानकारी गराए ।’

नगरपालिकामा भेरोसेल खोप स्वास्थ्य कार्यालयले तीन दिन दिने तालिका सार्वजनिक गरे पनि खोप नपुगेपछि दुई दिनमै खोप कार्यक्रम स्थगित गरिएको थियो । नगरपालिकामा चार हजार आठ सय ८६ जनालाई भेरोसेल र तीन सय ९५ जनालाई जोनसोनको खोप लगाइएको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार