लैङ्गिक सामाजिक समावेसिकरण मैत्री बन्दै इलाम नगरपालिका


सेवारो खबर  316 पटक हेरिएको

इलाम: इलाम नगरपालिका लैङ्गिक सामाजिक समावेसिकरण मैत्री बन्ने भएको छ । समावेसिकरण मैत्रीले नेतृत्वसमा सबै समुदायको अवसर र पहुँच पुग्नेछ । राज्यको मुलधारमा सहभागी हुँन सहज हुँनेछ ।

नगरपालिकाले समानुपातिक समावेशी सिद्धान्तको आधारमा महिला सहभागिताको सुनिश्चित गर्दै शिक्षा नियमावलीको सातौंै संशोधन गरेर महिला सहभागितासँगै नेतृत्व स्थापित गर्ने काममा लागेको नगर प्रमुख महेश बस्नेतले बताए ।

प्रमुख बस्नेतले नगरपालिकाको शिक्षा क्षेत्र, जनप्रतिनिधि र कर्मचारीको संख्या हेरेर सहभागितालाई अझ राम्रो बनाउँन नीतिगत व्यवस्थापनमा गर्न लागेको जानकारी गराए ।

इलाम नगरपालिका शिक्षा ऐन २०७४ को दफा ३५ प्रयोजन गर्न इलाम नगरपालिका शिक्षा नियमावली २०७८ सातौं संसोधन गर्दै नगर शिक्षा समितिको गठन तथा कार्य सञ्चालन कार्यविधीमा समानुपातिक सहभागितालाई सुनिश्चित गरेको प्रमुख बस्नेतले जानकारी गराए ।

नगर प्रमुख बस्नेतले विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा नगरपालिकाबाट निर्माण हुने विभिन्न समितिहरुमा महिलासँगै स्थानीय समुदायको नेतृत्व स्थापित गर्दै महिला र पुरुषको सहभागिता बराबरी बनाउने नगरपालिकाको सोच रहेको बताए ।

शिक्षा नियमावली संशोधनले नगर शिक्षा समिति सहित नगरपालिकाका विद्यालय व्यवस्थापन समिति र शिक्षक अविभावक संघमा महिला नेतृत्व ल्याउन बाध्यात्मक अवस्था सिर्जना गरेको छ । यसले सबै समितिमा अनिवार्य महिला सहभागितालाई ३३ प्रतिशत पु¥याउँने छ ।
नगरपालिकाको ४९ विद्यालय अहिले मध्ये वाड–५ र वडा–६ मात्र विद्यालय व्यवस्थापन समितिमा महिला अध्यक्ष भएको नगरपालिकामा शिक्षा नियमावली कार्यान्वयनमा आए कम्तिमा १७ वटा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष महिला चयन हुँनेछन् ।

नगरपालिकाको अहिलेको लैङ्गिक सामाजिक समावेसिकरण अवस्था

नगरपालिकाको ४९ विद्यालयमा चार सय ९९ जना शिक्षक छन् । एक पद रिक्त सहित ६४ जना जनप्रतिनीधि र दुई सय ४९ जना कर्मचारी रहेका छन् ।

माध्यमिक तहमा ७२ जना शिक्षक छन् । यसमा ५७ जना पुरूष र १५ जना शिक्षिका रहेका छन् ।

माध्यमिक तहमा आदिवासी जनजाति महिला २ र पुरूष १० गरी जम्मा १२ जना छन् । दलित पुरूष एक र महिलाको सहभागिता देखिदैन ।

बाहुन÷क्षेत्रीको ४६ पुरूष र १३ महिलासहित ५९ जनाको सहभागिता रहेको तथ्याङ्क छ ।

आधारभूत विद्यालयमा तीन सय ६५ जना शिक्षक छन् । यसमा एक सय ७३ पुरूष छन् भने एक सय ९२ जना महिलाको संख्या छ ।

आदिवासी जनजाति ५० पुरूष र ६४ महिलासहित एक सय १४ जना छन् । दलित महिला ६ र ३ पुरूषसहित छ जनाको सहभागिता देखिन्छ ।

बाहुन÷क्षेत्री तर्फ एक सय २० पुरूष र एक सय २२ जना महिला सहित दुई सय ४२ जनाको सहभागिता रहेको छ ।

समग्र विद्यालयमा ६२ जना शिक्षक कर्मचारी रहेका छन् । यसमा ३२ पुरूष र ३० महिला छन् ।
शिक्षक कर्मचारी जनजाति महिला १८ जना र १२ जना पुरूष गरी ३० जना शिक्षक कर्मचारी छन् ।
कर्मचारीमा एक÷एक महिला र पुरूष गरी दुई दलित रहेका छन् । १९ पुरूष र ११ महिला सहित ३० बाहुन÷क्षेत्री सहभागिता रहेको तथ्याङ्क छ ।

१२ वडा रहेको नगरपालिकामा एक पद रिक्त सहित ६४ जना जनप्रतिनिधि छन् । २४ जना अर्थात ३७ दशमलव ५० प्रतिशत महिला जनप्रतिनिधि छन् । यसमा पुरुषको संख्या ४० जना अर्थात ६२ दशमलव ५० प्रतिशत रहेका छन् ।

दलित जनप्रतिनीधिको संख्या १३ अर्थात २० दशमलव ३१ प्रतिशत सहभागिता रहेको छ । २८ जना अर्थात ४३ दशमलव ७५ प्रतिशत जनजातिको सहभागिता देखिन्छ । बाहुन÷क्षेत्रीको २३ जना अर्थात ३५ दशमलव ९४ प्रतिशत सहभागिता रहेको तथ्याङ्क छ ।

नगरपालिकाको समग्र कर्मचारी तर्फ पनि स्थायी र करार गरी दुई सय ४९ कर्मचारी छन् । यसमा एक सय जना स्थायी र एक सय ४९ करारका कर्मचारी छन् ।

कर्मचारी मध्ये ८८ जना अर्थात ३५ दशमलव ३४ प्रतिशत महिला कर्मचारी छन् । यसमा मध्ये एक सय ६१ जना अर्थात ६४ दशमलव ६६ प्रतिशत पुरुष कर्मचारी छन् ।

दलित २७ जना अर्थात १० दशमलव ८४ प्रतिशत छन् ।

६६ जना अर्थात २० दशमलव ५१ प्रतिशत जनजातिको सहभागिता छ । र एक सय ५६ जना अर्थात ६२ दशमलव ६५ प्रतिशत अन्य अर्थात बाहुन÷क्षेत्री कर्मचारी रहेको नगरपालिकाको तथ्याङ्क छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार