इलाममा जारी निषेधाज्ञा भदौ १ गतेसम्म थपियो


सेवारो खबर  153 पटक हेरिएको

इलाम:  इलाममा जारी निषेधाज्ञा भदौ १ गतेसम्मा थपिएको छ ।  कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआएपछि निषेधाज्ञा थप गरिएको हाे ।

कोभिड १९ को यो हप्ताको अवस्था र जनभावनालाई कदर गर्दै आजसम्म कायम रहेको आदेशलाई थप निरन्तरता दिनु उपयुक्त देखिएकाले साउन १५ र १८ गते जारी आदेशलाई भदौं १ गते मध्यराती १२ बजेसम्म पूर्ववत् निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले आज  सोमबार जारी आदेशमा उल्लेख छ ।

प्रशासनले जारी गरेको आदेशमा तरकारी, फलफूल र दूध विक्री गर्ने पसललाई बिहान ५ देखि साढे ७ बजेसम्ममात्र खुला हुने भनिएको छ । अन्य खाद्यान्न पसलसमेत बन्द हुने आदेश जारी गरिएको थियो । थप निषेधाज्ञाको समय पहिलाकै आदेशको निरन्तरता भएकाले सोही बमोजिम हुने जनाइएको छ ।

आदेशमा मेची राजमार्गबाहेक जिल्लाका सबै क्षेत्रमा यातायातका साधन चलाउने नपाइने, खोपकेन्द्र जाँदा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने, सार्वजनिक निकाय, संस्थान तथा कार्यालयले प्रदान गर्ने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्नुपर्ने उल्लेख छ ।

निजी बैंक, वित्तीय संस्था र सेवासमेत हाललाई स्थगित गरिएको छ । परीक्षार्थीले परीक्षा दिन जाँदा सोझै परीक्षा केन्द्रसम्म र घरसम्म फर्किनेबाहेक अन्यत्र हिँडडुल गर्न बन्द गरिएको प्रशासनले जनाएको छ ।

जिल्संलामा संक्रमणकाे दर नियन्त्रण हुन नसकेकाले निषेधाज्ञालाई कडाई गर्दै लगिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार